कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बिहारको चुनावमा दुई खतरा

चुनावमा दुईतर्फबाट बोर्डर शिल गर्ने विषयमा छलफल भएको छ
सन्तोष सिंह

धनुषा — भारतको बिहारमा हुन लागेको लोकसभा चुनावमा नेपालबाट नक्कली रुपैयाँ र भारतीय अपराधी नेपालमा लुक्ने सक्ने खतरा सुरक्षा अधिकारीहरूले औंल्याएका छन् ।

बिहारको चुनावमा दुई खतरा

नेपाल–भारत बोर्डर सुरक्षा बैठकको क्रममा सोमबार जनकपुरमा दुई देशका अधिकारीहरूले लोकसभा चुनावमा नेपालबाट रुपैयाँ, अपराधी लुकेर प्रभाव पार्न सक्ने र मदिराले चुनावमा असर पार्न सक्ने भारतीय अधिकारीले

बताएका छन् ।


बैठकमा सहभागी भारतीय अधिकारीहरूको पहिलो एजेनडा लोकसभा चुनावलाई मध्यनजर गर्दै निर्णयहरू भएको धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रदिप कणेलले बताए ।


खुला सिमानका कारण चुनावमा प्रभावित गर्ने नक्कली रूपैयाँको ओसारपसार हुन सक्ने खतराबारे बैठकमा छलफल भएको छ, प्रजिअ कणेलले भने, ‘चुनावलाई मध्यनजर गर्दै भारतीय नक्कली रूपैयाँ, मानव ओसारपोसार, मदिरा बेचबिखन र अबैध कारोबारमा विशेष निगरानी गर्ने निर्णय भएको छ । चुनावलाई मध्यनगर गर्दै नेपाल–भारत सीमा आपराधी क्रियाकलाप हुन नदिन दुबैतर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय भएको उनले बताए ।


भारत, बिहार राज्यको मधुवनीसँग नेपाल, प्रदेश २ सँग जोडिएको महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसँग मधुवनीका डीएम कपिल अशोकले नेतृत्व गरेको समूहसँग लोकसभा चुनावको सुरक्षा अवस्थाबारे छलफल गरेका थिए ।


बैठकमा लोकसभा चुनावमा नेपालतर्फबाट हुन सक्ने सुरक्षा थ्रेटबारे छलफल भएको डीएम कपिल अशोकले बताए । चुनावमा दुईतर्फबाट बोर्डर शिल गर्ने विषयमा छलफल भएको छ, डीएम अशोकले भने, ‘बिहारको चुनावमा मदिराले समेत प्रभाव पार्न सक्छ । मदिरा नियन्त्रण र चुनावका बेलामा दुबैतर्फ सुरक्षा गस्ती बढाउने निर्णय भएको छ ।

लोकसभा चुनावमा धनुषासँग जोडिएको मधुवनीको हरलाखी सबैभन्दा बढी सुरक्षा थ्रेटमा रहेको छ, कपिलले भने, ‘तराईको समथर भूभागमा कमला नदीसँग जोडिएको क्षेत्र पनि सुरक्षाको दृष्टिकोणले संवेदनशील छ । नियमित सुरक्षा बैठकमा लोकसभा चुनावबाहेक मानव तस्करी, सामाजिक विकृति लगायतका विषयमा छलफल भएको उनले बताए ।


छलफलमा दुई देशको सीमा क्षेत्रमा स्थानीय स्तरबारे उठेको जिज्ञासामा समेत छलफल भएको कपिलले सञ्चारकर्मीलाई जानकारी थिए । बैठकमा लागूऔषध र सीमास्तम्भ मर्मतसम्भार तथा अतिक्रमण हुन नदिनेबारे भारतीय अधिकारीहरूसँग सहमति भएको कणेलले बताए ।


नियमित सुरक्षा बैठकमा सीमा क्षेत्रको व्यापार, अपराध, नियमित आवतजावत, भन्सार, वन, नदी नियन्त्रण, प्राकृतिक स्रोतसाधनको विषयमा छलफल भएको थियो ।

प्रकाशित : माघ २९, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?