कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पत्रकारमाथि आक्रमण

सर्लाही — हरिवनस्थित रेडियो सर्लाहीका स्टेसन म्यानेजर सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघका साधारण सदस्य दियालीले हरिवनस्थित सुखेपोखरी मन्दिर नजिकको चिया पसलमा मुखमा माक्स लगाएर आएका दुई अपरिचित युवकले मंगलबार आफूमाथि आक्रमण गरेका बताए । 

ओठ र आँखाको डिलमा गहिरो चोट लागेका पत्रकार दियालीको स्वाभिमान अस्पताल हरिवनमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ । आफूलाई किन आक्रमण गरियो भन्ने बारेमा थाहा नभएको दियालीले बताए ।


पत्रकार दियालीले कसैसँग रिसिवी नरहेको तर गत शनिबार बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध समाचार लेखेपछि बारम्बार धम्की आएको र मरणसन्न हुनेगरी कुटपिट भएको आरोप लगाए । मेयर थापाले आफूलाई यसबारेमा केही थाहा नभएको बताए । उनले समाचारकै भरमा धम्की नदिएको बताए ।


पत्रकार दियालीलाई फोन गरेर बोलाउने स्थानीय हरिवन नगरपालिका–११ बालगंगाका इफरान देवानलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्नहरूको नाम पहिचान भइसकेकाले खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।


दियालीमाथि आक्रमण भएको घटनाप्रति नेपाल प्रेस युनियन सर्लाही, नेपाल पत्रकार महासंघ सर्लाही शाखाले घोर भत्र्सना गरेको छ । सञ्चार सम्बद्ध संगठनले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित : माघ २९, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?