३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोवा घुम्न आफ्नै अपहरणको नाटक

श्यामसुन्दर शशि

जनकपुर — भारतको पर्यटकीयस्थल गोवा घुम्नका लागि पैंसाको जोहो गर्न आफ्नै अपहरणको नाटक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

गोवा घुम्न आफ्नै अपहरणको नाटक

आफ्ना दुई साथीसँग मिलेर अपहरणको नाटक गर्ने जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साहसहित घटनामा संलग्न दुई अन्य युवकका साथ जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।


साहसँगै जनकपुरधाम–२३ का २० वर्षीय समसाद नदाफ र रौतहट जिल्ला गढीमाई नगरपालिका–८ वस्ने २५ वर्षीय अरविन्द यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।


घटना सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एसपी खनालले आफ्नै अपहरणको नाटक गर्ने साह र उनका दुई साथीमाथि सार्वजनिक हितविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए ।


अजयले आफै काठमाडाैं गएर आफ्ना दुबै साथीमार्फत आमा बुवालाई १५ लाख फिरौती माग्न लगाएका थिए । अजयका आमाबुवा ५ लाख फिरौती तिर्न तयार पनि भइसकेका थिए । गाउँलेको सल्लाहमा आमा रेखाकुमारी साहले जिल्ला प्रहरी कार्यालयमा छोरा अपहरण भएको निवेदन दिएकी थिइन ।


एसपी खनालका अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोवाइल नम्बरलाई ट्रेस गरी प्रहरीको विशेष टोलीले जनकपुर १६ पुलचोकबाट समसादलाई र समसादको सूचनाको आधारमा अरविन्दलाई पक्राउ गरेको थियो । ‘त्यस पछि हामीले दुबै युवकलाई फिरौती रकम प्राप्त भयो भनेर अजयलाई फोन गर्न लगायौं । त्यसपछि अजय काठमाडांैबाट जनकपुर आए र उनलाई पनि पक्राउ गर्यौ,’ एसपी खनालले भने ।


एसईईसम्म पढाई गरेका तीनै युवक लागूऔषध दुव्र्यसनी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?