कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

लिलामी नगर्दा मोटरसाइकल थोत्रिए

सन्तोष सिंह

धनुषा — जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा ग्यारेजमा जस्तै पुरानो मोटरसाइकल थन्किएको छ । वर्षांैदेखि खुला आकासमुनि थन्किएको मोटरसाइकल कवाडीमा परिणत भएको छ ।

लिलामी नगर्दा मोटरसाइकल थोत्रिए

चालु अवस्थामा नियन्त्रणमा लिएको मोटरसाइकलको मुद्दा वर्षांैसम्म टुंगो लाग्न नसक्दा कवाडीमा परिणत भएको छ । कतिपय मोटरसाइकलको पार्ट खोलिएको भेटिन्छ ।


जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँट कार्यालय पछाडि सामान झिकिएको मोटरसाइकल कामै नलाग्ने अवस्थामा छ । मुद्दा टुंगो लागेको सवारी साधन सम्बन्धित व्यक्तिलाई बुझाए पनि कतिपय मुद्दा लामो समयसम्म टुंगो नलाग्दा यतिकै थन्किएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले बताए ।


जिल्ला प्रहरी कार्यालयजस्तै जिल्लाको इलाका प्रहरी कार्यालय, प्रहरी, चौकीमा समेत दुर्घटना र विभिन्न मुद्दामा परेको सवारी साधन, घाम पानी लागेर कवाडीमा परिणत भएका छन् । प्रहरी कार्यालय जस्तै जिल्ला अदालतको परिसर र जिल्ला भन्सार कार्यालयमा समेत मुद्दा टुंगो नलागेको मोटरसाइकल कवाडीमा परिणत भएका हुन् ।


जनकपुर भन्सार कार्यालयको परिसरमा राखिएका सवारी साधन समयमा लिलाम नहुँदा कवाडीमा परिणत भएको छ । समयमा लिलाम हुन नसक्दा खुला अकाशमा राखिएका सवारी साधन काम नलाग्ने अवस्थामा पुगेको हो । भन्सार कार्यालय र प्रहरीले भन्सार छलेर ल्याउने क्रममा कारवाही गरी नियन्त्रणमा लिएको चालु अवस्थाका सवारी साधन वर्षौैंसम्म भन्सारमा थन्किएपछि कवाडीमा परिणत भएको हो ।


जनकपुर भन्सार कार्यालयले ५ वर्षदेखि सवारी थन्काएर राखेको छ । भन्सार छली गरी सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएका सवारी साधनहरू जनकपुर भन्सार कार्यालयमा राखिएको हो । भन्सार छली गरी सामान ओसारपसार गर्दै गरेको १ सय ३० वटा सवारी साधनहरू नियन्त्रणमा लिई कार्यालयमा राखिएको छ । चालु आर्थिक वर्षमा ५५ वटा सवारी नियन्त्रणमा लिएको जनकपुर भन्सारका अधिकृत बुधेश्वर मण्डलले जनाए ।


कार्यालयमा राखिएको सवारी साधनको पाङग्रेअनुसार तथ्याङक भने छैन । कार्यालयमा सबैभन्दा बढी मोटरसाइकल रहेको मण्डलले बताए । कार्यालयमा रहेको सवारीहरू मुद्दा प्रक्रियामा रहेको जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामेश्वर कुमार मिश्रले बताए ।


मुद्दा फच्र्छौट भएपछि यातायात कार्यालयसँग सहकार्य गरेर गाडीको मूल्याङकन गरी लिलाम गर्ने शर्माले बताए । ‘पुराना गाडीहरूरूको कागजात कार्यालयमा केही पाइएन,’ प्रमुख मिश्रले भने, ‘सवारी साधन लिलामका लागि हामी काम गर्दै छौं । भन्सारको गोदाममा गाडीमाथि गाडी थन्किाइएको छ । प्रमुख मिश्रका अनुसार जनकपुर भन्सारमा ५ वर्ष यात सवारीसाधन लिलाम भएको छैन ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?