३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेशसभा बैठक स्थगन

कान्तिपुर संवाददाता

धनुषा — कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेश २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आइतबार बसेको ४८औँ बैठक सुरु भएको ५ मिनेट नबित्दै कांग्रेस सांसदले अवरोध गरेका थिए ।

बैठक सुरु भएपछि काङ्ग्रेस सचेतक उपेन्द्र कुशवाहाले टेबल ठोक्दै बोल्ने समय मागेपछि उनलाई बोल्न सभामुख सरोजकुमार यादवले समय उपलब्ध गराए । वीरगन्जमा बीपी उद्यानका लागि निर्धारित जग्गामा प्रदेश सरकारले जबर्जस्ती सहिद पार्क बनाउन लागेको विरोध गर्दै काङ्ग्रेसले बैठकमा अवरोध गरेको हो । सचेतक कुशवाहाले भने, ‘एक सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउँदै जाने हो भने कुनै पनि योजना पूरा हुन सक्दैन, त्यसैले प्रदेश सरकारको सहिद पार्क बनाउने कार्यक्रम फिर्ता लिनुपर्छ ।’


सचेतकको विरोधपछि काङ्ग्रेसका सबै सांसदले उभिएर सदन अवरुद्ध गरेका थिए । सभामुख यादवले यस विषयमा सरकारले उचित जवाफ दिने आश्वासन दिए पनि काङ्ग्रेस सांसदले अवरोध जारी राखेपछि प्रदेशसभा बैठक फागुन १५ गतेसम्मका लागि स्थगन गरिएको हो ।


प्रकाशित : फाल्गुन ६, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?