३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कर्मचारीले तलब पाएनन

कान्तिपुर संवाददाता

जनकपुर — नेपाल खानेपानी संस्थानका कर्मचारीले ३ महिनादेखि तलब पाएका छैनन् । 

खानेपानी तथा सरसफाइ मन्त्रालयले संस्थानको अध्यक्ष नियुक्ति नगरेकाले कर्मचारीले तलब नपाएका हुन् । संस्थानका कर्मचारीलाई अध्यक्षमार्फत रकम निकासा गरेपछि मात्र तलब सुविधा पाउने गरेकाले ढिला भएको नेपाल खानेपानी संस्थान जनकपुरका प्रमुख विनोद मिश्रले बताए । तलव नपाएपछि संस्थानका कर्मचारीले घर व्यावहार धान्न मुस्किल परेको गुनासो गरेका छन् ।

‘सबै कर्मचारीले तलव नपाएको तीन महिना भयो, सबैतीर यस्तै हो,’ उनले भने, ‘अध्यक्ष नियुक्ति नभएसम्म तलव पाइन्न ।’ खानेपानी तथा सरसफाइ मन्त्रालयले संस्थानको अध्यक्ष नियुक्ति गर्न ढिलाईं गरेकाले कर्मचारीलाई तलव सुविधा र संस्थानको अन्य काम रोकिएका छन् ।


जनकपुर उपमहानगरपालिका क्षेत्रका ४ हजार १ सय घरपरिवारलाई ५० बर्षदेखि शुद्ध पानी वितरण गर्दै आएको खानेपानी संस्थानको वरिष्ठ इन्जिनियर, अधिकृत, नायबसुब्बा, खरिदार, प्राविधिक, कार्यालय सहायक १७ जना र दैनिक ज्यालादारीका ८ जना गरी २५ कर्मचारी छन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?