कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनजानबाटै बलात्कारका घटना

७ महिनामा २ सय ३८ बलात्कृत 
१६ वर्षमुनिका १ सय ३० जना पीडित
कान्तिपुर संवाददाता

धनुषा — धनुषामा बालिकाको बलात्कार गरी हत्या गरी शव जलाइएको घटना लगतै धनुषा र सिरहमा बलात्कारको घटना सार्वजनिक भएको छ ।

चिनजानबाटै बलात्कारका घटना

जनकपुरमा बालिका बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ परेका छन भने सिरहमा मंगलबार एकै दिन दुई बलात्कार घटनामा भएको छ ।


सिरहा धनगढीमाई नगरपालिका १३, भोरलेनिकी १४ वर्षीया बालिकाई जंगलमा दाउरा टिप्न गएको बेला जबरजस्ति करणी गरेको स्थानिय २४ वर्षीय श्रीराम यादब र गोलबजार नगरपालिका १०, घुर्मिघाटकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानिय २१ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।


धनुषा, मिथिला नगरपालिका–३ हरीहरपुरकी ११ वर्षीया रेश्मा भन्ने दुतीया रसाइली छिमेकीको घरमा आयोजित विवाहमा नाच्दै गर्दा प्रलोभनमा पारी बलात्कार गरी हत्यो भयो । फागुन १ गते शुक्रबार राती धनुषा बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा बटेश्वर–४ स्थित काका घरमा बस्ने २२ वर्षीया निरन भन्ने निरज जर्गामगर पक्राउ परेका छन् ।


मामा घर आएको बेला मगरले बिवाहमा नाच्दै गरेकी ११ वर्षीया बालिकालाई नजिकैको किराना

पसलबाट र फ्रुटी र चाउचाउ दिएर फकाएर नदीको बाटो हुदै गाउभन्दा दुई सय मिटर पर पोखरीको डिलमा बललात्कारी हत्या गरेका थिए । पक्राउ परेका जर्गामगरलाई जिल्ला प्रहरी कार्यालयले जवर्जस्ती करण र कर्तव्यज ज्यान मुद्धा चलाएको छ ।


यस अघि धनुषाको औरहीमा दशैको अवसरमा आयोजित दुर्गा मेलामा नाच हेर्न गएकी ९ वर्षीया बालिकालाई चिनजानकै दुई जनाले चाउचाउको प्रलोभन दिएर बलात्कार गरी हत्या गरेका थिए । पक्राउ परेका दुवै जना पुर्पक्षकालागि थुनामा छन् ।


प्रदेश २ को ८ जिल्लामा पछिल्लो ७ महिनामा २ सय ३८ बलात्कार मुद्धा प्रहरीमा दर्ता भएको छ । साउन देखि माघ महिनासम्ममा जवर्जस्ती करणी मुद्धा १ सय ६० र जवर्जस्ती करणी उद्योगमा ७८ मुद्दा दर्ता भएको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहदुर थापाले बताए ।


प्रहरीमा दर्ता भएको मुद्धामा १६ वर्षमुनिका सबैभन्दा बढी १ सय ३० जना बालिका बलात्कृत भएका छन् । १० वर्षमुनिका २२ बालिकासमेत बलात्कृत भएका छन् । प्रदेश प्रहरीका अनुसार १६ वर्षभन्दा माथिका १ सय ८ जना बलात्कृत भएका छन् ।


२ सय ३८ बलात्कारको घटनामध्ये चिनजानकै २ सय ६० जना बलात्कारमा संलग्न भई घरभित्र १ सय ४९ र घरबाहिर ८९ बलात्कारको घटना भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत छोरीका लागि ‘बेटी बढाऊ, बेटी बचाऊ अभियान चलाइरहँदा प्रदेश २ मा बालिका बलात्कारको घटना बढ्दै गएको छ । चिनजानकै व्यक्तिबाट बालिका बलात्कार बढेको हो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?