समयमै आउँदैनन् कर्मचारी

कान्तिपुर संवाददाता

धनुषा — लक्ष्मिनिया गाउँपालिका १ का रामकृपाल ठाकुर जनकपुर उपमहानगरमा साढे १० बजे इन्जिनियरसंग भेटन पुगे । उनलाई इन्जिनियर बस्ने कार्यकक्ष खोज्नै २० मिनेट लाग्यो । कार्यालयमा कोही नभेट्दा उनी अलमलमा परे । केहीबेर उपमहानगर परिसरको चौतारामा बसे । बिहान ११ बज्दासम्म उपमहानगरका इन्जिनियर र प्राविधिक भेट्न सकेनन् । 

समयमै आउँदैनन् कर्मचारी

चौतारामै जनकपुर १ का मनोज कुमार पनि भेटिए । कार्यालयमा १० बजे आउदा कर्मचारी कोहि नभेटिएपछि उनी पनि निराश देखिन्थे । जनकपुर उप–महानगरपालिका परिसरमा बिहान १० बजे नगर गान गुन्जिन्छ । कर्मचारी र जनप्रतिनिधि नगर गानमा अनिर्वाय सहभागि हुनुपर्छ ।


तर, उप–महानगरपालिका कर्मचारी समयमा नआउदा गानमा मुस्किलले ५/७ कार्यालय सहयोगि मात्र हुन्छन् । कर्मचारीलाई १० बजे अनिवार्य गरे पनि ११ बजेसम्म कार्यालयको शाखाहरू खाली नै हुन्छन् ।


समयमा कर्मचारी नआउदा नगर गानमा ५/७ जना मात्र सामेल हुने गरेको कार्यालय सहयोगि रामप्रसाद काफ्लेले बताए । ‘मेयर लालकिशोर साह कार्यालयमा हुदा नगर गानमा सबै सहभागि हुन्छन । तर, मेयर साह नहुदा कार्यालय आएका कर्मचारी पनि गानमा सहभागि हुन आउदैनन्,’ उनले भने ।


उप महानगरको प्रशासन, राजश्व, लेखा, न्यायिक समिति फाटमा ११ बजे पछि मात्र कर्मचारी आकलझुकल आउन सुरु हुन्छ । उपमहानगरका कर्मचारी समयमा नआउँदा सेवाग्राही मारमा परेका छन् । घर नक्सा, प्राविधिक सहयोग, योजना, उपभोक्ता समिति गठन, भुक्तानि र जनप्रतिनिधिको गुनासा लिएर आउने सेवाग्रही कर्मचारी नभेट्दा मारमा परेका छन् ।


उपमहानगरमा अधिकांश प्राविधिक र फिल्डमा खट्ने कर्मचारी भएका कारण कार्यालय आउन ढिलो हुने गरेको निमित प्रमुख उप–सचिव प्रदिप साहले बताए । शाखा प्रमुखहरू कार्यालय बस्ने हुदा उनिहरू समयमै आउनु पर्ने हो, तर कहिलेकाहि ढिलो हुन्छ, साहले भने,‘कार्यालय बस्ने कर्मचारीमाथि निगरानि गर्नु आवश्यक छ । ढिलो आउने कर्मचारीलाई समयमै ल्याउन सकिएको छैन । लपारवाहि गर्ने कर्मचारीलाई सुधार्ने अचारसंहिता बन्ने क्रममा रहेको उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रले बताइन् । हामी कार्यालय नआउने लपारवाहि हुने गरेको गुनासो आएको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?