जनकपुरको सडक भव्य तर अस्तव्यस्त

सडकमै पार्किङ, निर्माण सामाग्री र व्यवसायीले कब्जा गर्दा आवतजावतमै समस्या
सन्तोष सिंह

धनुषा — जनकपुरको सडक विस्तारले सहर गुल्जार बनेको छ । हिलो र धुलोले जीर्ण साँघुरो सडक कलोपत्रे गरी चौडा बनाएपछि जनकपुरको मुख्य सडक सुधार र सडक छेउको नया घरले शहर गुल्जार बनेको छ ।

जनकपुरको सडक भव्य तर अस्तव्यस्त

कालोपत्रे संगै फुटपाथ बन्ने क्रममा छ । नया सडकले शहरलाई नया स्वरुप दिएको छ । जनकपुर उप महानरपालिकाले सबडक छेउको घर केसरीया रंगले लगाउने निर्णयले जनकपुरको बजार क्षेत्र नया स्वरुप पाएको छ ।


सडक विस्तारका लागि घर भत्काउन आलटाल गर्दा निर्धारीत समय निर्माण सम्पन हुन नसेको जनकपुरको केहि सडक अझै निर्माण्को क्रममा छ । तर शहरको मुख्य सडक विस्तारले डेढ वर्ष पछि बजार क्षेत्रमा चहल पहल बढेको छ । जनकपुरको भानु चोक देखि जनक चोक सम्म, जनक चोक देखि जानकी मन्दिर सम्म र मन्दिर आसपासका क्षेत्रमा सडकमा परेको घर भत्काउन र सडक विस्तारकालागि खनिएको गहिरो खाल्डोले डेढ वर्ष सम्म ठप्प जनकपुरको बजार पुन सञ्चालनमा आएको छ ।


जनकपुरको भानु चोक देखि जनक चोक, राम चोक, मुरली चोक, क्याम्पस चोक सम्म, भानु चोक देखि मिल्सएरीया, रेल्वे स्टेशन, कदम चोक, बिसहारा चोक, विश्वकर्मा चोक देखि भ्रमरपुरा चोक सम्मको बाटो निर्माण पुरा भएको छ । रामानन्द चोक देखि जानकी मन्दिर र मन्दिर आसपासको सुनारपट्टी, मन्दिर देखि जनक चोक, राम चोक र देवी चोक जाने सडक निर्माणको अन्तिम चरणमा छ ।


एशियाली विकास बैक(एडीबी)को सहयोगमा जनकपुरमा भुमिगत ढल र सडक बिस्तारको कार्या अन्तिम चरणमा छ । प्राचिन धार्मिक शहर नया स्वरुपमा चम्किदै गर्दा यहा सरसफाइ, फोहर व्यवस्थापन, पाकिङ्ग, ध्वनि प्रदुशण, सवारी चाप नियन्त्रणकालागि प्रयास भने हुन सकेको छैन ।


पार्किङ्ग छैन

प्रदेश २ को अस्थायि राजधानि जनकपुरमा सडक विस्तार र सडक छेउको नया भवनले शहरको स्वरुप फेरीएपनि व्यवस्थित पार्किङ्ग भने छैन । प्रदेश राजधानिका कराण जनकपुरमा दैनिक सवारी साधनको चाप बढने क्रममा छ ।


दैनिक सवारी भार बढदै गएपनि पार्किङ्ग गर्ने स्थान भने छैन । नया बनेको सडक पार्किङ्ग स्थल बनेको छ । जनकपुरमा जनचेतनाको अभावमा पार्किङ्ग व्यवस्थापन गर्न समस्या भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिपक साहले बताए ।


जनकपुरको सडक सुधार भएपनि चेतनामा सुधार भएको छैन, प्रहरी निरीक्षक साहले भने,‘सडकमै फोहर फ्याक्ने जनकपुर बासी सावारी र चौपाया समेत सडकमै राख्दा ट्रफिक व्यवस्थापनमा समस्या भएको छ । सडको पार्किङ्ग र नो पार्किङ्ग संकेत जडान गरेपनि व्यवस्थित हुन नसक्दा कारवाहि प्रक्रिाय अगाडी बढाइएको छ, उनले भने ।


सडकमै कार, जिप रोकेर कुराकानि गर्ने, गाडीमै बसेर पसलमा समान खरिद गर्ने, पान र गुटखा खाने परम्पराले जनकपुरको सडकमा ट्रफिक व्यवस्थापन गर्न समस्या भएको छ, प्रहरी निरीक्षक साहले भने,‘सुधारकालागि अभियान चलाएका छौ । नियम उलंघन गरेका जिप कारलाई सडकमै लक गरी कारवाहिको दायरामा ल्याएका छौ ।’ ट्रफिक संकेत पालन गराउन नो पार्किङ्गमा राखिएको मोटर साइकल लगायतका सवारी साधन उठाएर हटाउन अभियान चलाएको छौ, उनले भने ।


जनकपुरको भानु चोक, शिव चोक, मिल्सएरीया, कमद चोक, जानकी मन्दिर र अस्पताल रोडको सडकमै सवारी साधन राख्दा आवतजावतमा समस्या हुने गरेको छ । जनकपुरमा छडा खुल्ला चौपायाले समेत सडक असुरक्षित भएको छ । धार्मिक शहर जनकपुरमा खुल्ला गाइ सडकमा बस्दा समस्या भएको हो । उप महानगर पालिकासंग सहकार्य गरी पटक पटक चौपाया नियन्त्रण गर्ने अभियान प्रहरीले चलाएपनि सफल हुन सकेको छैन ।


सडकमै फोहर

प्राचिन धार्मिक शहर जनकपुरको आकर्षण जानकी मन्दिर हो । जानकी मन्दिरको सुन्दरताले पर्यटक लोभिन्छ । जानकी मन्दिर परिसर र शहरको मुख्य सडकमै फोहरको थुप्रो भेटिन्छ ।


सडकमै फोहर फ्याक्ने परम्पराले शहर दुर्गन्धित बनेको छ । जनकपुर उप महानगरपालिकाले फोहर व्यवस्थापनमा ठोस निर्णय गर्न सकेको छैन । स्थानिय तहको निर्वाचन पछि स्थानियले निर्वाचित हुने जनप्रतिनिधिले फोहरको समस्या समाधान गर्ने आश गरेका थिए । जनकपुर उप महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि लालकिशोर साहले झाडुले सडक बडार्दै फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।


तर, हुन सकेको छैन । सरसफाइ अभियानिहरूले सप्ताहीक जनकपुर स्वच्छता अभियान चलाएको छ । अभियान देखावटी र फोटो खिचाएर समाजिक सञ्चालमा राख्नु बाहेकको उपलब्धि नभएको स्थानिय बताउछन् । नियमित सरसफाइ भएपनि थुप्रिएको फोहर मिल्काउने स्थान नहुदा जनकपुर फोहर र दुर्गन्धले सडकमा हिडन समेत समस्या हुने गरेको छ ।


सडकमै निर्माण सामग्री

एडीबीको आर्थिक सहयोगमा जनकपुरमा निर्माण भएको सडक र फुटपाथ निर्माण सम्पन नहुदै भत्किने खतरामा पुगेको छ । थापा चोकबाट वंशि चोकतर्फ आउने मुख्य सडकको बिचमा कालोपत्रे धसेको छ ।


व्यस्त जनक चोकमा घर बनाउन निर्माण समाग्रि सडकमै भण्डारण गरिएको छ । निर्माण समाग्रि संग घर बनाउन कालपत्रेमाथि नै सिमेट र बालुवा तयार गर्दा कालेपत्रे सडक बिग्रिने अवस्थामा पुगेको छ । कदम चोकको रहेको मोटर साइकल व्यवसायिले सडकको पार्किङ्ग स्थलमा व्यपार गर्दै छ ।


जनकपुरको भ्रमरपुरा चोक बाट मुरली चोक सम्म बाटोमा राखिएको निर्माण समाग्रिकै कारण आवतजावतमा समस्या भइरहेको छ । घर निर्माणकालागि माटो, बालुवा थुपारेपछि आवत जावतमा समस्या भएको छ । मुख्य सडकमै पार्किङ्ग, निर्माण समाग्रि र व्यवसायिले फुटपाथ तथा सडकमा बिक्रीको रामन राख्दा चौडा सडकमा समेत यात्रा गर्न समस्या भएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?