राजपा अध्यक्ष मण्डल प्रदेश २ को समिक्षा गर्दै

सन्तोष सिंह

जनकपुर — राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रिय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ । राजपका केन्द्रिय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं समन्वय समिति सदस्य बैठकमा सहभागि बैठकमा प्रदेश सरकारको समिक्षा गर्दै छन् ।

राजपा अध्यक्ष मण्डल प्रदेश २ को समिक्षा गर्दै


अध्यक्ष मण्डल र प्रदेश २ को सरकारको अवस्था, पार्टीको निति र अनुभव समिक्षा गर्न बैठक बसेको राजपा अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले बताए । प्रदेश सरकारको गठबन्धन, सरकारको काम कारवाहि, पार्टीबाट सरकारमा सहभागि मन्त्रीको अनुभव, र समस्या बारे छलफल सुरु भएको छ, यादवले भने, ‘पार्टीको निति भविष्य कसरी अगाडि बढाउन विषयमा छलफल हुने छ ।’


प्रदेश, पार्टी, संगठन र प्रदेश सरकारको विकासकालागि राजपा अध्यक्ष मण्डल र प्रदेशका मन्त्रीहरु बिच बैठक सुरु भएको यादवले बताए । केन्द्रिय समितिले आयोजना गरेको बैठक जनकपुरमा ३ दिन सम्म चल्ने यादवले बताए ।

मन्त्रीहरुसँग छलफल पछि राजपा अध्यक्ष मण्डलका सदस्यहहरुले प्रदेश २ का सांसदहरुसँग छलफल गर्ने छन् । बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव सहभागी छन् । शुक्रबार बिहानदेखि सुरु भएको बैठकमा अध्यक्ष मण्डका सदस्य शरतसिंह भण्डारी भने अनुपस्थित छन् । पहिलो सत्रको बैठकमा अनुपस्थि भण्डारी दोश्रो सत्रमा सहभागि हुने जनाइएको छ ।


बैठकमा प्रदेश २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा सहभागी छन् ।

प्रदेश २ मा संघिय समाजवादी फोरम र राजपा गठबधन सरकार छ । राजपाले ३ मन्त्रलाय पाएको छ । प्रदेश २ मा राजपाको २५ सांसद छन् ।


प्रकाशित : फाल्गुन १०, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?