कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार साह माथि आक्रमण

शिव पुरी

रौतहट — रौतहटका पत्रकार रबिन्द्र साह माथि आक्रमण भएको छ । शुक्रबार राति सदरमुकाम गौरमा साह माथि आक्रमण भएको हो । उनको हातमा चोट लागेको छ । उनलाई थप उपचारका लागि बिरगञ्ज लगिएको छ । 

पत्रकार साह माथि आक्रमण

गौर नगरपालिकास्थित कबिर चौकको एक पसलमा राति करिब साढे ७ बजे पान खाइबसेका पत्रकार साह माथि आक्रमण भएको हो । केही ब्यक्तिहरु हातमा लाठी बोकेर हत्या गर्ने उद्देश्यले आएको पत्रकार साहले बताए । 'मलाई मार्ने उद्देश्यका साथ आएका रहेछन्,' उनले भने, 'नजिकको साथीले नछेकेको भए म मर्थे होला । आमक्रमणमा संलग्नलाई चिन्छु ।'


उक्त समूहले उनी माथि लगातार लाठीले आक्रमण गरेको थियो । घाइते साहलाई तत्काल उपचारका लागि गौर अस्पताल लगिएको थियो । अहिले उनको नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्जमा उपचार भइरहेको छ ।


साहले आफ्नो दाहिने हात भाँचिएको बताए । प्रहरीले आक्रमणमा संलग्नको खोजी भइरहेको जनाएको छ । 'हामीले घटना बारे अनुसन्धान सुरु गरिसकेका छौ,' जिल्ला प्रहरीका डिएसपी नविक कार्कीले भने, 'संलग्नलाई कुनै हालतमा उम्कन दिदैनौंै ।'


आक्रमण घटनाको पत्रकार महासंघ रौतहट शाखाले भत्र्सना गरेको छ । पत्रकार साह महासंघ रौतहट शाखाका अध्यक्ष पनि हुन् । महासंघको केन्दि्रय समितिले हाल उनलाई निलम्बन गरेको छ । उनी सदरमुकाम गौरमा रहेको कोहीनुर एफएमका संचालक हुन् ।


उनी लामो समय देखि जिल्लामा पत्रकारिता गर्दै आएका छन् । जिल्लामा पत्रकार माथि पटक पटक आक्रमणका घटना भइरहेका छन् । पेशागत एकरुपता नभएकाले यस्ता घटनाले प्रश्रय पाएको पत्रकार रत्न अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?