३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मन्त्रीको स्वार्थमा कर्मचारी सरुवा

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री रामनरेश रायले कर्मचारी सरुवा, बिल भुक्तानी र भवन मर्मतसम्भारमा अनियमिता गरेको खुलेको छ । उनले प्रदेश २ को मन्त्रालयबाट वरिष्ठ वन अधिकृत शिवशंकर ठाकुरलाई आर्थिक लेनदेन गरी जिल्ला वन कार्यालय बारामा सरुवा गरेको स्रोतको दाबी छ ।

बाराको सेक्टर वनमा कार्यरत रहँदा ठाकुरमाथि २२ लाख बेरुजु भएका कारण लामो समससम्म तलब रोक्का भएको थियो । तलब रोक्का भएका ठाकुरलाई अवकाश हुने बेलामा जिल्ला वन प्रमुख बनाएर पठाएपछि मन्त्री राय विवादित बनेका हुन् । ठाकुर वन प्रमुख भएर पुस २२ गते बारा पुगेपछि रोकिएको तलब पनि बुझेको जिल्ला वन कार्यालय बाराका लेखा अधिकृत राजु राणाले बताए । कार्यालयमा १ करोड ९० लाख बेरुजुमध्ये वरिष्ठ वन अधिकृत ठाकुरको २२ लाख बेरुजु रहेको छ,’ लेखा अधिकृत राणाले भने, ‘ठाकुर वन प्रमुख भएर आएपछि रोक्का भएको तलब बुझेका छन् ।’


जिल्ला वन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र मिश्रलाई पुस २० गते प्रदेश मन्त्रलायमा तानेर मन्त्रालयबाट ठाकुरलाई बाराको प्रमुख बनाएपछि मन्त्री यादव विवादित बनेका हो । जिल्ला वनमा कार्यालयमा ५ महिना कार्यरत हुँदा मन्त्रीको व्यवहारबाट आजित भएका मिश्र मन्त्रालयमा हाजिर भएर पनि काममा फर्केका छैनन् ।


मन्त्रालयबाट बिदा लिएर उनी महोतरीस्थित घरमै बस्दै आएका छन् । प्रदेश मन्त्रालयको मातहतमा बसेर काम गर्ने वातावरण नहरेका कारण बिदा लिएर घर बस्दै आएको मिश्रले बताए । यता, मन्त्री यादवले मन्त्रलायका लागि आवश्यक भवन मर्मतमा समेत अनियमितता गरेको खुलेको छ । जनकपुर चुरोट कारखाना परिसरमा नेपाल बैंक रहेको भवन मन्त्रालयका लागि अमानतमा मर्मत गराउँदा अनियमितता गरेको खुलेको छ ।


काम गराउनु अगावै भवन मर्मत गर्ने व्यवसायीबाट मन्त्री यादवले पैसा बुझेका मन्त्रालयका कर्मचारी बताउँछन् । १५ लाखभन्दा बढीको मर्मतसम्भारको बिल मन्त्रालयमा भुक्तानीका लागि आएको छ । तर, मन्त्रालयले ५ लाखभन्दा बढी भुक्तान गर्न नमिल्ने भन्दै बिल रोकेपछि मन्त्री यादवले भुक्तानीका लागि दबाव दिंँदै आएको मन्त्रालयका कर्मचारी बताउँछन् ।


ठेक्कामार्फत गर्नुपर्ने काम मन्त्री यादवले आर्थिक लाभका लागि अमानतमा गराएको कर्मचारी बताउँछन् । भवन मर्मतको भुक्तानी मन्त्रालयले नगरेको मन्त्रालय स्रोतले जनाएको छ । यसअघि उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश रायले निजी निवासको फर्निचर मर्मतमा समेत आर्थिक चलखेल गर्न ६५ लाख भुक्तानीका लागि मन्त्रालयमा बिल पेस गरेका थिए । तर, मन्त्रालयबाट २३ लाख मात्र भुक्तानी भएको छ ।


निवासमा फर्निचर खरिद भएको एक वर्ष नबित्दै मर्मतमा २३ लाख भुक्तिानीले मन्त्रालयका कर्मचारी आश्चर्यचकित भएका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?