कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रहरैरहरमा राष्ट्रिय रेफ्री

कान्तिपुर संवाददाता

बारा — घरनजिकैको विद्यालयमा तेक्वान्दो सिकाइँदै गर्दा सञ्जयलाल श्रेष्ठ कक्षा ३ मा पढ्थे । तेक्वान्दो सिकाइ हेर्न उनलाई रमाइलो लाग्थ्यो । यही हेर्ने क्रममा आमाबाबुको हप्की सुन्नुपर्ने सामान्य नै हो । तैपनि उनी खेल हेर्न भने छाडेनन् । निरन्तर खेल हेर्दाहेर्दै पछि आफैं खेल्न थाले । उनलाई खेलाडी बन्ने रहर जाग्यो । 

रहरैरहरमा राष्ट्रिय रेफ्री

घरायसी उल्झनसँगै बारा निजगढका २७ वर्षीय श्रेष्ठ आफ्नो प्रतिभा देखाउन काठमाडौंसम्म पुगे । अवसरको खोजीमा काठमाडौं पुगेका उनलाई आर्थिक संकटले निकै गाँज्यो । सन् २०१४ मा कुकिवानको अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्स गरेका उनले विभिन्न क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गरिसकेका छन् । सफल प्रशिक्षकबाटै समाजमा योगदान गर्दै जाने उनको लक्ष्य छ ।


उनी अहिले तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक र रेफ्री हुन् । ‘रहरैरहरमा खेल्दा राष्ट्रिय प्रशिक्षक भएँ,’ उनले कान्तिपुरसित भने, ‘तेक्वान्दो सिक्दै, सिकाउँदै, प्रतियोगिता गराउँदै समय वित्दैछ ।’ सुरुमा उनलाई आफन्तजनले खेल क्षेत्रमा भविष्य छैन, भन्दै निरुतासाहित गरेका थिए । तर पनि उनले खेललाई आफ्नो जीवन बनाए, निरन्तरता दिइरहे ।


यति बेला उनको सफलता देखेर घरपरिवार आफन्तजन सबै खुसी छन् । विभिन्न क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका उनले थुप्रै पुरस्कार तथा प्रमाणपत्र हात पारिसकेका छन् । सानै उमेरमा तेक्वान्दो खेलबाट प्रभावित उनी रेफ्री र प्रशिक्षक बन्न निकै संघर्ष गरेको बताउँछन् ।


‘सुरुमा गाउँबाटै तेक्वान्दो खेलले उनलाई आकर्षित गर्‍यो,’ उनका बाबु शान्त श्रेष्ठले भने, ‘घरको आर्थिक अवस्थासँगै विभिन्न उतारचढाव आएपनि खेललाई निरन्तरता दिएकै कारण छोरालाई सफलता मिल्यो ।’ उनका गुरु अरुण लामा, चित्रबहादुर लामा, वसन्त लामा पनि उनको प्रगतिबाट खुसी देखिन्छन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?