उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

लक्ष्मी साह

बारा — प्रहरीले यहाँको सीमावर्ती सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष जयन्त कुसवाहालाई निजगढबाट बुधबार पक्राउ गरेको छ । एक महिलाको साथमा निजगढ-९ स्थित गुरुङ होटेलको कोठा नम्बर ५ बाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयामा ल्याइएको छ । घटनास्थल निजगढ सिम्रौनगढबाट ४० किमि उत्तरमा पर्छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

सिम्रौनगढ नगरपालिकाकी राजपाबाट निर्वाचित उपमेयर रीमा कुसवाहाकी पति सिम्रौनगढ-७, खजानी निवासी ३९ वर्षीय कुसवाहा त्यहाँका उद्योग वाणिज्य संघका दोस्रो कार्यकालका अध्यक्ष हुन् । उनी खजानी माविका व्यवस्थापन समिति पूर्वअध्यक्षसमेत हुन् । ३२ वर्षीय विवाहित पीडित महिलाले आफूलाई गलत नियतले पटकपटक फोन गरी होटेलमा बोलाउँदै आएकोले पतिको सल्लाहमा आफू त्यहाँ गएको प्रहरीलाई जानकारी दिएकी छन् । कुसवाहा परिवारले षड्यन्त्र गरी चरित्र हत्या गर्ने नियतले फसाइएको बताएका छन् ।


'जिल्ला प्रहरीमा ती महिलाले केही दिन पहिला उजुरी दिएकी थिइन्,' प्रहरी उपरीक्षक सानुराम भट्टराइले भने, 'तिनै पीडित महिलाको सूचनाको आधारमा पक्राउ गरिएको छ ।' घटनाबारे छानबिन गरी कारबाही गरिने उनले बताए ।





प्रकाशित : फाल्गुन २९, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?