विपन्नलाई ५० घर बन्दै

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पालिका क्षेत्रभित्रका ५० विपन्नका लागि घर निर्माण सुरु गरेको छ । विपन्नलाई बस्न समस्या भएकाले ह्याबिट्याट फर ह्युम्यानिटीसँगको सहकार्यमा निर्माण कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

दुईवटा कोठा, भान्सा र बरण्डासहितको घर विपन्नलाई हस्तान्तरण गरिने उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले गाउँपालिकाको ४० प्रतिशत र ह्याबिट्याट फर ह्युम्यानिटीको ६० प्रतिशत रकमको सहयोगमा उक्त विपन्न एकीकृत बस्ती निर्माण गर्न सुरु गरिएको हो ।


दुई वर्षभित्र ती सबै घर निर्माण भइसक्ने यादवले बताए । गाउँपालिकामा रहेको ऐलानी जग्गामा निर्माण भइरहेको बस्तीमा एकजनालाई १२ धुर बराबरको जग्गामा घर निर्माण गरी दिइनेछ । घर निर्माणपछि उक्त एकीकृत बस्तीमा बाटो, खानेपानी र विद्युतीकरण समेत गाउँपालिकाका तर्फबाट गरिने यादवले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?