१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

स्वर्ण विजेतालाई ५ लाख

अजित तिवारी

जनकपुर — प्रदेश २ को सरकारले तेस्रो एसियाली युथ एथलेटिक्समा नेपालका लागि स्वर्ण पदक जितेका खेलाडी अजित यादवलाई ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । सप्तरीका यादव हङकङमा आइतबार एथलेक्टिसमा स्वर्ण पदक जितेका हुन् । 

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुषतर्फ तीन हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पुरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक चुम्न सफल भए ।


प्रदेश २ को मन्त्रीपरिषद्को बैठकले खेलाडी यादवलाई प्रोत्साहनवापत ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।


प्रकाशित : चैत्र ५, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?