प्रश्नपत्र आउट गर्ने पर्दाफास हुन्छ : मन्त्री यादव

सन्तोष सिंह

जनकपुर — दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले एसईई परीक्षामा भएको त्रुटिप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले प्रदेश सरकारमाथि षड्यन्त्र भइरहेको भन्दै छानबिन समिति गठन गरी  षड्यन्त्र तुरुन्तै पदार्फास गर्ने बताए ।

प्रश्नपत्र आउट गर्ने पर्दाफास हुन्छ : मन्त्री यादव

शुक्रबार प्रदेशसभा बैठकमा मन्त्री यादवले प्रशनपत्र आउट हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै परीक्षा संघ सरकारबाट संचालन भइरहेकोले प्रदेश सरकारको कुनै गल्ती दाबी गरे । प्रदेश २ को परीक्षाको प्रश्नपत्र मात्र आउट गर्न षड्यन्त्र गर्नेको सरकारले पर्दाफास गर्ने उनको भनाइ थियो । 'परीक्षा कसले लिएको छ, सबैले बुझेको छ', उनले भने, 'सात प्रदेशमध्ये प्रदेश २ को मात्रै प्रश्नपत्र आउट कसरी भयो ? हामी पत्ता लगाएर छोड्छौं ।' उनले बालबालिकाको भविष्यसँग खेलवाड गर्नेलाई कारबाही हुने बताए ।


'सांसदहरुले प्रदेश मन्त्रीको राजीनामा माग गरेको छन्', मन्त्री यादवले भने, 'परीक्षा प्रदेश सरकारले सञ्चालन गरेको छैन । संघीय सरकारबाट सञ्चालन भएको हो । नैतिकताको आधारमा कसले राजीनामा दिनुपर्ने हो सबैलाई जानकारी नै होला ।' प्रदेशसभा बैठकमा सांदहरुले उठाएको प्रश्वनको जवाफ दिँदै मन्त्री यादवले विद्यार्थीको भावना र भविष्यसँग खेलवाड हुनु दुखद् भएको उनले बताए ।


प्रदेशसभा बैठक सुरु हुनसाथ कांग्रेसका सांसद वीरेन्द्र सिंह र नेकपाका सांसद मञ्जु यादवले एसईई परीक्षामा प्रदेश सरकारका समाजिक विकास मन्त्रीको लपरबाहीले परीक्षार्थी अन्योलमा परेको भन्दै राजीनामा माग गरेकी थिइन् ।


फोरमका सांसद रामाशीष यादव र राजपाका सांसद रानी शर्मा लगायतका सता पक्षका सांसदहरुले संघीय सरकारको कारण एसईई परीक्षामा प्रश्नपत्र आउट भएको आरोप लगाउँदै जवाफ मागेका थिए ।


प्रकाशित : चैत्र १५, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?