लोकसभा विधेयक टेबल

सन्तोष सिंह

धनुषा — प्रदेश २ को सरकारले लोकसेवा आयोग गठनसँग सम्बन्धित विधेयक प्रदेशसभामा शुक्रबार टेबल गराएका छन् । लोकसेवा आयोगको विधेयक अगाडि बढेसँगै प्रदेश २ मा आफ्नै कर्मचारी र प्रहरी भर्ना गर्ने ढोका खुल्नेछ ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक टेबल गरेका थिए । प्रदेश सभाको सोमबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

यता, विपक्षी दलले बैठकमा सुस्त प्रदेश सरकार अपादर्सी भएर भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रतिपक्षका सांसदले सरकारको आलोचना गरेका छन् । कांग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंहले सदनमा सांसदन पटक–पटक सरकारको गतिविधि र खर्च सार्वजनिक गर्न माग गरे पनि बेवास्त गरेको भन्दै सरकार सुस्त भएको टिप्पणी गरे ।

प्रदेश सरकार ९ महिना ३ प्रतिशत मात्र बजेट खर्च गरेको छ, सांसद सिंहले भने, ‘सरकारले ३ महिनामा ९६ प्रतिशत बजेट कसरी खर्चिन्छ ।’ सरकारको सुस्त गतिले प्रदेशका उभो लाग्न सक्दैन । संसदमा पटक–पटक प्रतिपक्षीले उठाएको खर्च सार्वजनिक नगरी प्रतिपक्षलाई अपांग बनाएको उनले टिप्पणी गरे । प्रतिपक्षलाई सरकारले कमजोर ठानेको छ, उनले भने, ‘हामी प्रतिपक्षी भएर पनि आखा चिम्लेर सरकारको समर्थन गरेका छौं । तर, सरकारले हामीलाई होच्याउने काम गरेको छ ।’

वीरगन्जको वीपी उदायनमा प्रदेश सरकारले बनाउन लागेको सहिद पार्क फिर्ता नलिए सदन अबरुद्ध गर्ने उनले चेतावनी दिए । प्रदेश सरकारले ल्याएको जनता आवास कार्यक्रम कार्यकर्ता भर्तिकेन्द्र भएको उनले टिप्पणी गरे । सरकारका मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा बजेट खन्याएको आरोप लगाउदै प्रदेश सरकार कार्याकर्ता पोषण बजेट खर्चेको बताए । कृषि मन्त्रलायले ८ जिल्लामा निर्माण गर्न लागेको शित केन्द्र निर्माणमा अनियमितता भएको आरोप लगाए ।

कांग्रेसकै सांसद शिवचन्द्र चौधरीले मुख्यमन्त्री कार्यालयबाट २० करोड मन पाराउने व्यक्तिलाई बाँडेको आरोप लगाउँदै जवाफ मागे । गैरसरकारी संस्थालाई दिइएको रकमबारे पटक पटक सदनमा जवाफ मागे पनि सदनलाई हरहिसाव जानकरी नगराएको भन्दै हिसाब नदिए बैठक अबरुद्ध गर्ने चेतवनी दिए । नेकपाका सांसद सुन्दर विश्वकर्मालेमधेस आन्दोलनका सहिद र जनआन्दोलनका सहिदबीच सरकार भेदभाव गरेकोआरोप लगाए ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विकासमा जुट्दै बालाबाखर

कान्तिपुर संवाददाता

जनकपुर — माओवादी युद्धका क्रममा दुबै पक्षका गरी एक दर्जन बढी व्यक्तिको मृत्युको साक्षी बनेको धनुषा सुदूरपूर्वीको बालाबाखर गाउँ अचेल ५२ सालअघिको सद्भावको लयमा फर्किन थालेको छ । 

कम्युनिस्ट र कांग्रेसको राजनीतिक प्रतिष्पर्धा कायमै रहे पनि दुई पक्षबीचको पानी बाराबारको अवस्था छैन । गाउँका विहेवारी, पूजा–अर्चना र मेलापातमा दुबै पक्ष एकाकार हुन्छन् । विकास निर्माणका योजनाहरू मिलेर सञ्चालन गर्छन् । गाउँलेहरूको कथन छ, ‘अब माओवादी जनयुद्धकालीन घाउहरू सुक्दैछन् । गाउँ पुनः पुरानै लयमा फर्किदै छ ।’

तत्कालीन बालाबाखर गाविसका अध्यक्ष तथा कांग्रेस नेता सहिद रामसेवक यादव (खलीफा) को सालिक अनावरण तथा आमसभालाई सम्बोधन गर्न बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बालाबाखर पुग्दा उनको स्वागतमा सिंगै गाउँ लामबद्ध थिए । कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको स्वागतमा पनि यस्तै दृश्य देखिन्छ ।

‘चुनावका बेला प्रतिष्पर्धा गर्छौं । बाँकी समय समाजमा मिलेर बस्छौं । गाउँले धेरै गुमाएको छ अब गुमाउनु नपरोस् हाम्रो यही चाहना हो ।’ जनयुद्धको क्रममा दुबै छोरा गुमाएका कांग्रेस नेता शत्रुघनले भने । धनुषा सदरमुकाम जनकपुरभन्दा झन्डै २५ किमि पूर्व कमला नदीको किनारमा अवस्थित बालावाखर शिक्षा,स्वास्थ्य र भौतिक संरचनाका दृष्टिले पछाडि परेको देखिए पनि यहाँको वासमती चामल भने अति नै स्वादिष्ट मानिन्छ । गाउँवासी राजनीतिक रूपले चेतनशील छन् ।

माओवादी जनयुद्धका क्रममाआफ्ना दुबै छोरा गुमाएका शत्रुघन पुराना तीतामीठा बिर्सेर पुनः मिलेर बस्न चाहन्छन् । भन्छन्, ‘बन्दुकले जित्न सक्दो रैनछ, प्रेमले जित्न सकिन्छ । अब हामी प्रेमपूर्वक बस्न चाहेका हौं ।’

प्रकाशित : चैत्र १६, २०७५ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT