१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बेघर बनायो हावाहुरीले

काठमाडौँ — गत आइतबार राति आएको हावाहुरीले यहाँ धेरैको बेघर बनाएको छ । यहाँका बासिन्दाहरु हावाहुरीले घर भत्काइदिएपछि सुंगुर बस्ने खोरमा बस्न बाध्य छन् । कतिपय काज किरियाका लागि भग्नावशेष हटाउँदै छन् ।

बेघर बनायो हावाहुरीले

हावाहुरीले घर भत्काइदिएपछि बाराको फेटा गाउँपालिका १ भरलियामा सुंगुर बस्ने खोरमा उदयनारायण मली परिवार

बारा भलुहीमा काज किरियाका लागि भग्नावशेष हटाउँदै नबीलाल दास

घाइते तथा कुरुवालाई वीरगन्जका होटेलमा निःशुल्क खाना तथा बासको सेवा घोषणा गर्दै

बाराको चैनपुरमा राहत वितरण गर्न आएको टोलीसँग पीडित समूह

बारामा घरको भग्नावशेष अगाडि टोलाएर बसिरहेकी ७४ वर्षीय सामोदेवी । आइतबार राति बारा र पर्सामा आएको हावाहुरीले २८ जनाको ज्यान गएको छ । साढे ६ सयभन्दा बढी घाइते छन् । सयौं घरका छाना, भवन, विजुलीका पोलहरू ढलेका छन् ।
तस्बिर : पवन यादव, भूषण यादवर शंकर आचार्य/कान्तिपुर

प्रकाशित : चैत्र २०, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?