२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

क्वारेन्टाइन जाँच नगरिएको चौपाया कब्जामा

शंकर आचार्य

पर्सा — पशु क्वारेन्टाइन महाशाखाको निर्देशन विपरीत विभिन्न नाका हुँदै भारतबाट राँगा, भैंसी, गोरु आदि चौपाया भिक्रिने त्रम अरु बढ्दै गएको छ । चौपाया कारोबारीले विशेषगरी पर्साको जानकीटोला, बाराको बलिरामपुर नाकाबाट यस्ता चौपाया भित्र्याउन खोज्दा सशस्त्र प्रहरी राजस्व भन्सार गस्तीले नियन्त्रणमा लिन लिन थालेको छ । 

क्वारेन्टाइन जाँच नगरिएको चौपाया कब्जामा

चैत १८ यतामात्र गस्तीले ३७ राँगा/भैसी र ८ गोरु कब्जामा लिएको गस्तीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए । कब्जामा लिएकामध्ये २५ रांगा भैंसी जानकीटोला नाकाबाट मात्रै भित्र्याइएका हुन् ।


‘कारोबारीले पशु क्वारेन्टाइन महाशाखाको सूचनाको अवज्ञा गरी जबर्जस्ती यस्ता चौपाया भित्र्याउन खोज्ने, नाकाका सम्बन्धित वडाका जनपप्रतिनिधिको सिफारिस देखाएर जबर्जस्ती ल्याउने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘पशु क्वारेन्टाइनको सिफारिसबिना अन्य निकायको सिफारिस अमान्य हुने भएकाले यस्ता अवैधानिक सिफारिस देखाएर चौपाया भित्र्याउन खोज्नेको बस्तुभाउसमेत कब्जामा लिएर लिलाम प्रकृयामा लग्ने गरिएको छ ।’


एक महिनायता कब्जामा लिइएका चौपाया लिलाम हुँदा वीरगन्ज भन्सार कार्यालयले ९ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।


पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादवले पशु क्वारेन्टाइन महाशाखाको फागुन २६ को पत्रको आधारमा नाकाबाट रांगा, भैंसी तथा माछाको आयातमा समेत स्वास्थ्य/उत्पत्ति आदिको भारतीय क्वारेन्टाइनको सिफारिस अनिवार्य

गरिएको बताए ।


उक्त पत्रमा पशु स्वास्थ्य सेवा ऐन ०५५ र त्यसको नियमावली ०५६ मा भएका प्रावधानअनुसारको चौपाया तथा माछा आयात गर्ने मुलुकका क्वारेन्टाइनबाट तीनको स्वास्थ्य तथा उत्पत्तिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको यादवले बताए । बिगतमा भारतबाट आयात गरिने रांगा, भैसी, खसी बाख्रा, माछासमेतको बिगतमा यस्तो सिफारिस अनिवार्य थिएन ।


त्यसो हुदा ठूला परिमाणमा माछा तथा मासुका स्रोत मानिने चौपाया भित्रिने गर्दा स्वदेशी माछा र मासुले भारतीयसँग प्रतिस्पर्धा गर्नुपर्ने भारतीय माछा तथा चौपाया अस्वस्थ्यकर भई उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस्तो सिफारिस अनिवार्य गरिएको हो ।


सातायता खाने माछा, सिध्रा र अक्कोरियम माछाको हकमा आयातकर्ताले भारतको कोलकातास्थित पशु क्वारेन्टाइन सर्भिस सेन्टरको सिफारिस ल्याउन थालेकाले माछाको आयात सहज भए पनि चौपायाको हकमा भने आयातकर्ताले अझै पनि अटेर गरी रहेको यादवले बताए ।


चौपाया आयातकर्ताहरूलाई पनि कार्यालयले भारतीय क्वारेन्टाइनको सिफारिश ल्याउने प्रकृया बारे परामर्श दिएर आवश्यक सहजीकरण गरी रहेपनि उनीहरू माछा आयातकर्ताहरूले ल्याउने गरे जस्तो सिफारिश ल्याउन आनाकानी गरी रहेको डा यादवले बताए । ‘आयातकर्तासंग सिफारिशको कुनै बिकल्प छैन,’ यादवले भने, ‘भारतको कोलकाता, दिल्ली, मुम्बई, चेन्नइ, हैदराबाद र बेंग्लोर गरी आधा दर्जन स्थानमा मात्र यस्ता क्वारेन्टाइन कार्यालय छन् ।’


कार्यालयले माछा आयातकर्ताको हकमा कोलकाता क्वारेन्टाइन कार्यालयसँग पनि इमेल मार्फत आवश्यक सूचना आदान प्रदान गरी रहेको उनले बताए । यादवले नयाँ नियम आउनुअघि पर्सां, बारा र रौतहटका गरी तीन वटा जिल्लाका बिभिन्न नाका हुदै मासिक २ हजार ५ सय देखि ३ हजार वटासम्म चौपाया भारतबाट नेपाल भित्रिने गरेको बताए ।


पर्सा तथा बाराका नाकाहरूबाट भित्रिने थारो भैंसी तथा रांगा जीतपुर तथा परवानीपुर भैसी बजारमा बिक्री भएर राजधानी पुग्ने गर्छन् । राजधानीमा रांगा भैंसीको मासुको अत्यधिक माग रहेको र यी दुई बजारले त्यहाँको मागको ठूलो हिस्सा धानी रहेको छ ।

यस बाहेक पर्सा बारामा खुलेका मासु उद्योगहरू पनि भारतबाटै भित्रिने रांगा भैंसीमा आश्रित छन् । आयात घटेपछि यी उद्योगको उत्पादन पनि प्रभावित हुन जान्छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?