२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२२० दिन पढाउन पत्राचार

राजविराज — प्रदेश २ सरकारले सामुदायिक विद्यालयमा न्यूनतम २ सय २० दिन पठनपाठन गर्न सुनिश्चितताका लागि स्थानीय तहलाई पत्राचार गरेको छ । विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले प्रदेश २ का सबै स्थानीय तहलाई पत्राचार गरेको हो । 

प्रदेश सरकारले स्थानीय बिदा पाँच दिनभन्दा बढी नराख्ने गरी शैक्षिक क्यालेन्डर तयार गरी प्रकाशन गर्न निर्देशनालयले आग्रह गरेको छ । गतवर्ष केही स्थानीय तह अधिकांशले शैक्षिक क्यालेन्डर प्रकाशन गरेनन् ।


प्रदेशभर एउटै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय खुल्ने, पठनपाठन हुन्, बन्द हुने समय एकरुपता ल्याउनुपर्ने निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए । उनले शैक्षिक क्यालेन्डर निर्माण गर्दा विद्यालय खुल्ने, पढाइ हुने दिन, वर्षे, हिउँदे बिदा र स्थानीय विदा, अभिभावक भेला, छात्रवृत्ति वितरण, सामाजिक परीक्षण हुने दिन र विशेष शैक्षिक कार्यक्रम हुने दिन समेत खुलाउनुपर्ने बताए । यसवर्ष सामाजिक विकास मन्त्रालयले शैक्षिक सत्र २०७६ सुरु भएपछि बैशाख महिनाभित्र विद्यालय उमेरका सवै वालवालिकालाई विद्यालय भर्ना गर्न आह्वान गरेको छ ।


सामाजिक विकासमन्त्री नवलकिसोर साहको अध्यक्षतामा भएको भर्ना अभियानसम्बन्धी बैठकले विद्यालय बाहिर रहेका विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरी नियमित पठनपाठन गराउनुपर्ने निष्कर्ष निकालेको छ । गुणस्तरीय शिक्षा प्रवाह गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेकाले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?