कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बारामा चट्याङ लागेर ४ घाइते 

पवन यादव

सिमरा — हावाहुरीसँगै परेको चट्याङले बारामा चार भारतीय मजदुर घाइते भएका छन् । कलैया उपमहानगरपालिका १२ धर्मनगरमा रहेको महल इँट्टा उद्योगका मजदुर चट्याङले घाइते भएका हुन् । चटयाङको झिल्का उनीहरुले बनाएको टहरमा परेपछि आगलागीसमेत भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

बारामा चट्याङ लागेर ४ घाइते 

आगलागी नियन्त्रणमा लिइएको र चट्याङबाट घाइते मजदुरहरुलाई उपचारको लागि कलैया अस्पताल लगिएको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको सनाखत भइसकेको छैन ।


हुरीप्रभावितका टहरा त्रिपालसमेत उडाएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।


प्रकाशित : वैशाख ३, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?