कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मुस्लिम आयोगद्वारा टोर्नेटो पीडितहरुलाई जस्तापाता हस्तान्तरण

बारा — राष्ट्रिय मुस्लिम आयोगले बाराको फेटा गाउँपालिकाका टोर्नेटो पीडितहरुलाई जस्तापाता सहयोग जुटाएको छ । आयोगले फेटा गाउँपालिका ६ पुरैनियाका बरिक एक सय परिवारलाई टहरा बनाउन आवश्यक जस्तापाता सहयोग जुटाएको हो । 

मुस्लिम आयोगद्वारा टोर्नेटो पीडितहरुलाई जस्तापाता हस्तान्तरण

फेटामा टोर्नेडोपछि आएको हावाहुरीमा परेर धेरै मुस्लिम समुदायले क्षति व्यहोरेपछि आयोगले सहयोग गर्न सबैलाई आह्वान गरेको थियो । त्यसअनुसार करिब १० लाख रुपैयाँबराबरको जस्तापाता उपलब्ध गराइएको अध्यक्ष समिम मियाँ अन्सारीले बताए । अध्यक्ष अन्सारी पुरैनिया गएर सहयोगस्वरुप जुटेको जस्तापाता वडाअध्यक्ष जाकिर हुसैनलाई हस्तान्तरण गरेका हुन् ।

आयोगले पीडितलाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ । आयोगले बर्खा सुरु नहुँदै ती बस्ती व्यवस्थापनमा ध्यान दिन केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।



प्रकाशित : वैशाख ६, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?