कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

योजना सकियो, सडक अधुरै

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सहरलाई सुन्दर बनाउन गरिएको प्रयास सकारात्मक भए पनि सडकको दयाँबायाँका घर तथा जग्गा खाली गर्न नसक्दा ठेकेदार कम्पनीका लागि तस्रोपटक थप गरिएको म्याद पनि गज्रिएको छ
शाहीमान राई

जनकपुर — एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजनाअन्तर्गत सडक विस्तार, कालोपत्रे र फुटपाथ निर्माण पूरा नहुँदै ठेकेदारसितको सम्झौता म्याद सकिएको छ । 

योजना सकियो, सडक अधुरै

ठेकेदार रमण कन्स्टक्सन कम्पनीलाई तेस्रोपटक २९ मार्च २०१९ सम्मका लागि थपिएको म्याद गुज्रिएपछि अन्तिम चरणमा निर्माणाधीन आयोजना अधुरो रहेको हो । जनकपुरधाम उपमहानगरपालिकाले निर्माणस्थलमा जग्गा र घरधनीसित बरण्डा भत्काउने, दायाँबायाँ सडकलाई जग्गा छोडने विषयमा विवाद समाधान गर्न नसकेपछि थपिएको म्याद गुज्रिएको हो । म्याद गुज्रिएपछि ठेकेदार कम्पनीले मार्च महिनासम्म काम गरेवापतको रकम भुक्तानीका लागि अन्तिमचरणको प्राविधिक मुल्यांकन भइरहेको जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रलाई सफा, सुन्दर, आकर्षक, रमणीय, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर बनाउने लक्ष्यका साथ निर्माणाधीन सडक विस्तार कालोपत्रे आयोजना सम्झौताअनुसार अधिकांश निर्माण पूरा भए पनि अन्तिमचरणमा केही ठाउँमा विवाद कायमै रहेकाले अधुरो हुन पुगेको छ ।

एकीकृत सहरी विकास आयोजना अन्तर्गत निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत लाइन मर्मतसम्भार ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको इन्जिनियर यादवले बताए ।

जनकपुरको शिवचोकदेखि कदमचोकसम्म जग्गा विवादको कारण करिब ५० मिटर सडक कालोपत्रे गर्न नसकेको ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनका साइड इन्चार्ज इन्जिनियर अवधकिशोर साहले बताए । सडकमा ढल निकासको निम्ति ह्युमपाइप विस्तार गरी ड्रेन नाली निर्माण भइसकेको छ । उनका अनुसार पीडारीचोक, भानुचोक, मुरलीचोक, रमानन्द चोक, जानकीमन्दिर लगायत विभिन्न ठाउँमा उपमहानगरपालिकाले साइड क्लियरेन्स (विवाद समाधान) गर्न नसकेपछि करिब ५ सय मिटर फुटपाथ निर्माण पूरा हुन सकेको छैन ।

एसियाली विकास बैंकको १ अर्ब ९० करोड (१९ दशमलव ४४ मिलियन डलर) आर्थिक सहयोगमा निर्माणाधीन जनकपुर उपमहानगरपालिका एकिकृत शहरी विकास परियोजना सुरुदेखि नै जग्गा विवाद, नक्सा, मुआब्जा, क्षतिपूर्ति, राहत, पुनःस्थापना लगायत विभिन्न बहानामा निर्माण सम्पन्न गर्न ढिलाईं भएको थियो ।

सडक विस्तारको क्रममा उत्पन्न बाधा, अवरोध र विवाद जनकपुरधाम उपमहानगरपालिकाले समयमा समाधान गर्न ढिलाई भएपछि ठेकेदार जेडआइपिसी शर्मा, रमन कन्स्ट्रक्सन कम्पनीले अन्तिम चरणको निर्माण कार्य पूरा गर्न नसकेको जनाएको छ । जनकपुर उपमहानगरपालिका, एसियाली विकास बैंक र ठेकेदार जेडआइपिसी रमन कन्स्ट्रक्सन कम्पनीबीच ५ डिसेम्बर २०१८ सम्म परियोजना पूरा गर्ने दोस्रो सम्झौताको म्याद समेत गुजारेपछि तेश्रो म्याद थपिएको थियो ।

एयिाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालित एकिकृत शहरी विकास आयोजना अन्तर्गत ३१ किलोमिटर ह्यूमपाइप विस्तार ड्रेन निर्माण, ढल निकास, ३० मिटर चौडाईको ९ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमध्ये शिवचोकदेखि कदमचोकसम्म ५० मिटर अधुरो छ ।

उपमहानगरपालिका क्षेत्रको परिक्रमा भित्र पिडारीचोकदेखि थापाचोक, बन्सिचोक, मिल्सएरिया रेलवेस्टेसन, भानुचोक, कदमचोक, मुरलीचोक हुँदै जिरोमाइलसम्म, एयरपोर्टदेखि मुरलीचोक, तिरहुतियागाछी, रामचोक जनकचोक, शिवचोक हुँदै भानुचोकसम्म, रेलवेस्टेसनदेखि जलाध खोलासम्म सडक विस्तार, ग्राभेल, कालोपत्रे, सरसफाइ, ढल निकासका लागि हुमपाइप जडान ड्रेन निर्माण, फुटपाथ, टेलिफोन, खानेपानी र विद्युत लाइन मर्मतसम्भार गरिएको छ ।

सडक पेटी दाँयाबाँया पैदलयात्रीको लागि निर्माण गर्नुपर्ने ३८ हजार वर्गमिटरमध्ये ३७ हजार वर्गमिटर फुटपाथ निर्माण पूरा भइसकेको ठेकेदार कम्पनीका इन्जिनियर साहले बताए ।

परियोजना निर्माणको लागि ठेकेदार जेडआइपिसि रमण कन्स्ट्रक्सन कम्पनी संयुक्तसित एक अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता छ । त्यसमध्ये करिब एक अर्ब १२ करोड रुपैंयाँ भुक्तानी पाइसकेको कम्पनीका इन्जिनियर अवधकिसोर साहले बताए ।

सन् २०१५ मा सम्झौता भई २०१६ मा परियोजना शुरु भएको त्यसअवधिको मूल्य समायोजन गरी कुल रकम एक अर्ब २५ करोड रुपैयाँ ठेकेदारलाई भुक्तान दिनुपर्ने भएको उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले बताए ।

उपमहानगरक्षेत्रमा सडक विस्तार भएपनि जनकपुर उपमहानगर क्षेत्रको फोहर मैला व्यावस्थापनको निम्ति सेनिटरी ल्याण्डफिल्डसाइडको जग्गा व्यावस्थापनको निम्ति गुठी संस्थानसित सम्झौता गरी भाडामा लिएको जग्गामा स्थानीयवासीको अवरोध र विवाद भएपछि जग्गा व्यावस्थापन गर्न नसक्दा विनियोजित ६० करोड रुपैयाँ फिर्ता भएको छ ।

अन्य रकम विद्युत पोल तार विस्तार मर्मतसम्भार एक करोड ४७ लाख, ५ प्रतिशत कन्टिन्जेन्सी, कन्सल्टेन्ट, कार्यालय व्यवस्थापन र कर्मचारी तलवमा खर्च भएको आयोजनाले जनाएको छ ।

उपमहानगर क्षेत्रमा शहरी विकास तथा भवन निर्माण विभागले समेत ८३ करोड रुपैंयाँ लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरेको छ । रामचोकदेखि तिरहुतियागाछी, महावीर चोक, जानकीमन्दिर, जनकचोक क्षेत्रमा निर्माणाधीन २१ किलोमिटर सडक विस्तार, ग्राभेल, कालोपत्रे र ह्यूमपाइप विस्तार ड्रेन निर्माण गर्नुपर्नेमध्ये २ किलोमिटर सडक कालोपत्रे र २१ किलोमिटर ड्रेन निर्माण गरिसकेको छ । सडक विस्तार र ड्रेन निर्माणको लागि ३० मिटर चौडाइको सडक दायाँ बायाँ दुई हजारभन्दा बढी घरटहरा भत्काएर पुननिर्माण

भइरहेका छन् ।

भत्काइएका निजीघर सर्वसाधारण आफ्नै लगानीमा पुननिर्माण गर्दैछन् । सडक विस्ताको क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्बसाधारणले गुनासो गर्दै आएका छन् । उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ तीस मिटर, सहायक सडक २० मिटर, पूराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ ।

जनकपुर उपमहानगरपालिकालाई अव्यवस्थित शहरीकरण गरी स्वच्छ, सफा, सुन्दर, आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्ने लक्ष्य पूरा हुने जनकपुर उपमहानगरपलिकाका उपप्रमूख रिताकुमारी मिश्रले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?