३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नायव सुब्बा यादव दिउँसै कार्यालयमा निदाएपछि....

अवधेशकुमार झा

राजविराज — पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त थिए  । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त निदाइरहेका थिए ।

नायव सुब्बा यादव दिउँसै कार्यालयमा निदाएपछि....

बुधबार दिउँसो सवा २ बजेतिर कार्यालयमै निदाइरहेको देखियो । उनको सुताई पनि अस्वाभाविक प्रकृतिका थिए । कुर्सीमा सुतेका उनको दुबै खुट्टा भने अगाडिको टेबलमाथि थियो । टेबलमा टेबलमा एउटा रजिष्टर र केही कागजपत्र एकातिर थिए भने अर्कोतर्फ नायव सुब्बा भागवतको गोडा तेर्सिएको थियो ।


उनी कार्यालयको टेबुल र कुर्सीमा सुतेको दृश्य क्यामेरामा कैद भएको केहीबेरपछि मात्र ब्यूँझिएका थिए । पदीय मर्यादाको ख्यालै नगरी दिउँसो कार्यालयमा कर्मचारी निदाएको देखेपछि सेवाग्राहीहरु अचम्चित बनेका थिए ।


उक्त कार्यालय अहिले सप्तरी जिल्लामा किर्ते उपभोक्तासम्बन्धी प्रकरणमा सर्वाधिक चर्चामा छ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित केही योजनाहरुमा किर्ते गरेर उपभोक्ता समिति गठन गरी काम सुरु गरिएको कार्यालयका नासु भागवत पनि किर्ते प्रकरणमा तानिएका कर्मचारी हुन् ।



प्रकाशित : वैशाख ११, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?