'हरुवाचरुवा' को परिभाषा खोज्दै स्थानीय तह
महोत्तरी — 'हरुवाचरुवा' भनेपछि आर्थिक रूपले पिछडिएको वर्ग्ा मान्ािन्थ्यो । तराईको स्थानीय भाषामा 'हरुवा' भनेको हलो जोत्ने हली र 'चरुवा' भनेको गोठालो हो ।
यो शब्दावलीले तराईको त्यस्ता समुदायको समेत प्रतिनिधित्व गर्दै आएको थियो जो पुर्खाको पालादेखि 'मालिक' को हली र गोठालो बनेर जीवनयापन गर्दै आएका थिए ।
परिवर्तनशील समाजमा 'हरुवाचरुवा' को पुरानो अर्थलाई बदलिएको महसुस गर्न थालिएको छ । यसको नयाँ परिभाषा खोज्न थालिएको छ । पिछडिएको वर्गको उत्थान गरी मूलधारमा ल्याउन स्थानीय तहले योजना अगि सारे पनि अहिलेको अवस्थामा कसलाई 'हरुवाचरुवा' भन्ने ? स्पष्ट नभएकाले बजेट छुट्याए पनि योजना प्रभावकारी हुन नसकेको जनप्रतिनिधिको भनाइ छ ।
यही अस्पष्टतालाई निराकरण गर्न बर्दिबासको गौतम होटलमा तीन जिल्लाका जनप्रतिनिधिले २ दिने गोष्ठी आयोजना गरी 'हरुवाचरुवा' को नयाँ परिभाषा गर्न मंगलबारदेखि छलफलमा जुटेका छन् । गोष्ठीले नयाँ परिभाषाअनुसार हरुवाचरुवाको तथ्यांक संकलनका लागि सूचकसमेत तय गर्ने जनाइएको छ ।
नयाँ परिभाषाका लागि धनुषाका धनौजी गाउँपालिका, सहिदनगर नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रशाशकीय अधिकृत, सामाजिक विकास शाखा अधिकृत र यी क्षेत्रमा काम गर्ने धनुषा, सिरहा र सप्तरीका ११ गैरसरकारी संस्थाका प्रतिनिधि छलफलमा जुटेका छन् ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) र द फ्रिडम फन्डले आयोजना गरेकेा गोष्ठीले बुधबार हरुवाचरुवाको नयाँ परिभाषा गर्ने जनाइएको छ । आयोजक सीआरसीका अनुगमन अधिकृत सन्दीप श्रेष्ठले नयाँ परिभाषाले तय गरेको सूचकअनुसार उनीहरूको तथ्यांक संकलन गरी 'हरुवाचरुवा' लक्षित कार्यक्रम अगि बढाइनेछ ।
कार्यक्रमका एक सहभागी फौद सिंह स्याङवाका अनुसार अहिले समाज आर्थिक राजनीतिक परिवर्तनको संघारमा छ । नयाँ संविधान, नयाँ कानुन र राज्य पुनःसंरचनाले पराना मान्यता तोडिंदै गएका छन् । विद्युत्, इन्टरनेट र सूचना प्रविधिको पहुँचले समाजमा जागरुकता बढाएको छ । कृषिमा बढ्दो यान्त्रीकरण र प्रविधिले हरुवा (हली) र चरुवा -गोठालो) को पुराना मान्यता फेरेको उनको जिकिर छ ।
'अब हलो जोत्ने सबै हरुवा र गोठालो लाग्ने सबै चरुवा रहेनन्,' स्याङवाले अथ्र्याए, 'कृषिमा बढ्दो यान्त्रीकरणले परम्परागत हलोगोरु विस्थापित हुँदै गएका छन् भने व्यावसायिक पशुपालन र नश्ल सुधारले हरुवाचरुवाको नयाँ परिभाषा खोज्नुपरेको हो ।' स्याङवाले भनेजस्तै पहिलेझैं काठकेा हलोमा फलामे फाली हाल्ने र गोरुले जोत्ने परम्परा फेरिंदै गएको छ । हलोगोरु घट्दै गएका छन् । गौशाला नगरपालिका ९ स्थित भरतपुर गाउँमा मात्र यसअगि फाली पिट्ने २ वटा आरन -पसार) थिए । स्थानीय गोपाल लोहारका अनुसार दुवै आरनमा दैनिक सयभन्दा बढी फाली धार लगाउन आउने गरेको थिए ।
हलो-गोरु ग्रामीण अर्थव्यवस्थाको मेरुदण्ड थियो । गोरुको संख्या समृद्धिको मानकको रूपमा लिइन्थ्यो । गाउँमा एक हलदेखि ७ हलसम्म गोरु पाल्ने कृषक थिए । ती हलो जोत्नेलाई हरुवा भनिन्थयो । हरुवाले वषर्ामा एक पटक धान पाकेपछि ज्यालाको रूपमा ८ देखि १५ मनसम्म अन्न बाली पाउँथे । वर्ष पुगेपछि श्रीपञ्चमीमा पुनः नयाँ करारमा हरुवा राख्ने परम्परा थियो ।
अहिले भने गाउँमा रोटाभेटरले खेत जोत्ने ट्रयाक्टर, अन्न बाली दाइँ गर्ने आधुनिक थ्रेसर र 'जिरो टिल' -खेत नजोती बाली लगाउने मेसिन) भित्रिएसँगै हलोगोरु विस्थापित हुँदै गएका छन् । गोपाल लोहारका अनुसार धार लगाउन दैनिक सयभन्दा बढी फाली आउने उनको आरनमा अब सातामा ९/१० वटा पनि आउँदैनन् । 'पहिलेझैं हलोगोरु नै छैन,' लोहारले भने 'फाली पिट्ने किसानको संख्या पनि घट्दै गएको छ ।'
अर्कोतर्फ वैदेशिक रोजगारको आकर्षणले गाउँमा कृषि मजदुर पाउन समस्या भएपछि जग्गाधनी आफ्नो खेतमा आफैं हलो जोत्न बाध्य छन् । गौशाला ९ भरतपुरका लक्ष्मी साहको ४ बिघा खेत छ । विगतमा उनको २ जना हरुवा थिए । अहिले एक हल गोरु राखेका छन् । आफैं हलो जोत्छन् । नसकेको ट्रयाक्टर लगाउँछन् । 'मजदुर नै पाइँदैन' उनले बाध्यता प्रकट गरे, 'आफैं नजोते खेती कसरी लगाउनु ?' स्थानीयका अनुसार विगतमा टोलटोलमा सामूहिक चरुवा -गोठालो) राखिन्ो परम्परा थियो ।