३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्वीकृतिबिनाका क्रसर बन्द

निजी जग्गा मास्ने गरी स्काभेटरबाट २० फिटसम्म गहिरो खाल्डो खन्दा स्थानीय समस्यामा
सन्तोष सिंह

धनुषा — कानुनी प्रक्रिया छलेर क्रसर उद्योग सञ्चालन गर्नेलाई धनुषामा कारबाहीको दायरामा ल्याइने भएको छ । प्रक्रिया पूरा नगर्ने क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरिएको छ । क्रसर उद्योगमा स्वीकृति र क्षमतासहित नदीमा उत्खन्न गर्ने स्थानको बोर्ड लगाउन जिल्ला समन्वय समितिले निर्णय गरेको छ । 

बडहरी खोलामा बुधबार नियमविपरीत उत्खनन गर्दा नियन्त्रणमा लिइएका २ वटा स्काभेटर, ३ टिपर, १ टयाक्टरसहित ४ जनालाई जरिवाना गरी छोडिएको छ । स्वीकृति नै नलिएर नदीमा जथाभावी उत्खननले सर्वसाधारण समस्यामा परेपछि जिल्ला अनुगमन समितिको बैठकले स्वीकृति नलिएर नदीबाट बालुवा गिट्टी उत्खनन गरेको क्रसरलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।


समितिले स्थानीय तहको अधिकार कटौती गर्दै जिल्ला समन्वय समितिलाई तोकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए । स्वीकृति नलिएर नदीमा उत्खनन गरेको स्काभेटरको २० हजार, टिपरको १० हजार र टयाक्टरको ३ हजार जरिवना गरिएको उनले बताए ।


नदीमा अवैध उत्खन्न गर्ने क्रसर उद्योगलाई नियन्त्रण गर्न जिल्ला समन्वय समिति सक्रियता बढाएको छ । क्रसर अनुगमन र कारबाही गर्ने अधिकार स्थानीय तहलाई दिँदा स्थानीय तहकै जनप्रतिनिधिको संलग्नतामा स्वीकृतिबिना उत्खनन बढेको जिल्ला अनुगमन समितिले ठहर गर्दै स्थानीय तहका अधिकार जिल्ला समन्वय समितिलाई दिने निर्णय गरेको छ ।


उत्खनन हुने स्थानमा स्वीकृति, स्वीकृति दिने निकाय, उत्खनन परिमाण सहितको जानकरी लेखिएको बोर्ड नलाएसम्म उत्खन्न गर्न नपाउने बैठकबाट निर्णय भएको छ, प्रमुख जिल्ला अधिकारी कणेलले भने, 'निर्णय अटेर र्गेलाई जरिवना र समान जफत हुनेछ । मिथिला नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपकजंग थापाले पोखरी खन्ने सिफारिसमा नदीमा स्काइभेटर चलाएको पाइएको छ । वडा कार्यालयको लेटर प्याडमा वैशाख १० गते दिइएको सिफारिसकै अधारमा नदीमा स्काइभेटर प्रगोग भएको पाइएपछि वडा अध्यक्ष थापालाई कारबाही गर्ने जिल्ला समन्वय समितिले निर्णय गरेको छ ।


धनुषा, मिथिला नगरपलिकाको बडहरी खोलामा क्रसर उद्योगको उत्खननले स्थानीय समस्यामा परेका छन । स्थानिय तहसंग अनुमति नै नलिएर निजि जग्गा मास्ने गरी स्काइभेटरबाट २० फिट सम्म गहिरो खाल्डो खन्दा स्थानिय समस्यामा परेका छन् । फर्जि कागजात देखाएर बटेश्वर गाउपालिका-१ मनोज महतोले रातमा अवैध उत्खननगराएको स्थानिय बताउछन् ।


वडा अध्यक्ष र स्थानीय प्रहरीलाई प्रलोभनमा परेर महतोले बडहरी खोलामा दैनिक २ स्काइभेटर प्रयोग गरी उत्खनन गरेको पाइएको छ । अवैध उत्खनन रोक्न जानेलाई महतोले ज्यानमार्ने धम्कीसमेत दिने गरेका छन् । नदीमा अवैध रुपले उत्खन्न भएको सूचना पाएर जिल्ला अनुगनम समिति पुग्दा खोलामा भागाभाग मचेको थियो । स्काइभेटर र टिफर चालक खोलामा गाडी छोडेर भागेका थिए ।


अवैध उत्खनन रोक्न प्रहरी र नगरपालिकामा जानकारी गराउँदा कनै सुनवाइ भएन स्थानिय रामआशिष महोतले बताए । बडहरी खोलामा अवैध उत्खननले आसपासको खेतीयोग्य जग्गामा क्षति पुग्ने बतरा बढेको र टिपरले खेतमा लगाइएको बोटबिरुवामा क्षति गरेपछि स्थानीयले व्यवसायीलाई उत्खनन रोक्दा ज्यान मार्ने धम्की दिएका छन् ।


प्रशासनले सुनवाइ गर्दैन, ठेक्केरादले ज्यान मार्ने धम्की दिन्छन्, स्थानीय महतोले भने, 'खेतीयोग्य जमिन बचाउन भन्दा ठेकेदारले हात खुट्टा काटेर खाल्डोमा पुर्ने धम्की दिन्छन् । आर्थिक लाभका लागि प्रहरी र स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा नदीमा स्काइभटर प्रयोग भएको छ, महतोले बताए । खेतमा क्षति भएको भन्न जाद नदी उत्खनन गराउने मनोज महतोले स्थानिय युवा नरेश महतोलाई कुटपिट गरी हात नै भाचि दिएका छन् । कुटपिटबारे उजुरी गरे ज्यान मर्ने धम्कि उनलाई ठेकेदार महतोले दिएका छन् ।


बडहरी खोला हरेक राती हुने उत्खन्नबारे मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले अनविज्ञता जनाए । नगरपालिकामा कुनै पनि जानकारी नै नदिएर उत्खन्न भएको हो, मेयर महतोले भने, 'खेती योग्य जमिन भास्ने गरी नदीमा गहिरो खाल्डो खनेर भएको उत्खननमा मेरो कुनै संलग्नता छैन । बडहरी खोलामा उत्खननकालागि कुनै पनि समन्य भएको छैन, उनले भने ।


कुन ठेक्केदारले कस्को जग्गामा कसरी खन्यो मलाई थाहा छैन, मेयर महतोले भने, 'खोलामा राती उत्खनन हुन्छ । म राती आएर उत्खनन रोक्न सक्दिनँ । उत्खननबारे कार्यालयमा कुनै उजुरी नआएकै कारण जानकारी नभएको महतोले बतए ।


धनुषाको रातु, बडहरी, औरही, गाणेशमान चारनाथ र कमला नदीमा क्रसर उद्योगले अबैध उत्खनन गरेको अनुगमन समितिले जनाएको छ । कमला नदीको सतह बढ्दा क्रसर उद्योगलाई खोलामा स्काइभेटर प्रयोग गरी बिच भागमा प्रयोग गर्न अनुमति दिएको भए पनि अन्य नदीमा अनुमतिबिना स्काइभेटर प्रयोग भएको जिल्ला समन्वय समितिका सभापति भइरहेको रामदेव बनरैतले बताए ।


टेर्दैनन् क्रसर सञ्चालक

क्रसर उद्योग अनुगमन क्रममा हल्लाखल्ला हुन्छ । नदीबाट चालक पक्राउ पर्छन् । केही घण्टा थुनेर छोडिन्छन् । क्रसर उद्योग सञ्चालकको रबैयामा भने सुधार हँुदैन । सञ्चालकको रवाफ अनुगमनपछि झन् बढ्छ । धनुषामा सञ्चालन भइरहेको क्रस उद्योगको पटक-पटक अनुगमन गरेर अनुगमन समितिले उद्योगलाई कारबाही गर्छन् ।


समितिले कारबाहीका लागि उद्योगलाई पत्र लेखे पनि उद्योगले गर्ने बदमासी रोकिँदैन । मंगलबार क्रसर उद्योग अनुगनमा पुग्दा पुरानै गल्ती क्रसरले सुधारेका थिएनन् । क्रसर उद्योगमा बोर्ड लगाएर पाएको स्वीकृती सहित अन्य जानकारी राख्न पत्रचार गरे पनि पालना हुन सकेको थिएन । पटक पटक अनुगमन गर्दा नदीमा उत्खनन गर्ने स्थानमा बोर्ड लगाउन भनिए पनि कार्यान्वयन हुन नसकेको

प्रमुख जिल्ला अधिकारी कणेल बताए ।


क्रसर उद्योगले नदीमा गहिरो खाल्डो खन्न रोकेको छैन । स्काभेटर प्रयोग गर्ने स्वीकृति नै नलिएर उद्योगले प्राकृति स्रोतको दोहन गरेको पाइएको छ । स्थानीलाई डराइ, धम्काइ, प्रहरी र सरोकार बललाई आर्थिक प्रलोभन दिएर नदीमा क्रसर सञ्चालकको कारोबार फस्टाएको छ । अनुगन गरी कारबाही गरे पनि क्रसर सञ्चालकले राजस्व छली गर्न र नदीमा चोरी गर्ने बानीले अवैध उत्खन्न नरोकिएको जिल्ला समन्वय समितिका सभापति बनरैतले बताए ।

प्रकाशित : वैशाख १९, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?