कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

शिव पुरी

रौतहट — रौतहटको गुजरा नगरपालिका-६ खत्वैया टोलमा शुक्रबार बिहान अज्ञात समूहले सडक निर्माणमा प्रयोग भएको स्काभेटरमा आगजनी गरेको छ । आगजनीबाट स्काभेटर जलेको छ । घट्‌ना कसले गराएको भन्ने अहिलेसम्म खुलेको छैन् ।

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी पूर्वाधार निर्माणमा रहेको रमण/सगरमाथा/सगुन जेभी कन्ट्रक्सनको स्काभेटरमा आगो लगाइएको ठेकेदार सहदेव खड्काले बताए ।


बालचनपुर-खत्वैयामा बाटो कालोपत्रे गर्ने काममा स्काभेटर प्रयोगमा थियो । निर्माणस्थलबाट केही पर नजिकको खेतमा राखेको अवस्थामा आगजनी गरेको हो ।


बिहान आगो लागिरहेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । त्यस पछि स्थानीय र प्रहरीको सहयोगमा आगो निभाएका थिए ।

प्रकाशित : वैशाख २७, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?