कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडियामाथि अंकुश लगाउने विधेयक तत्काल फिर्ता गर्नुपर्ने महतको भनाइ

भरत जर्घामगर

सिरहा — कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले मिडियामाथि अंकुश लगाउने उद्देश्यले प्रतिनिधिसभामा लगिएको विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । कांग्रेसको जागरण अभियानका क्रममा सिरहामा खटिएका नेता महतले भने, 'पत्रकारिता जगतलाई थर्काउने, धम्क्याउने र तह लगाउन खोज्ने यो विधेयकलाई प्रतिनिधिसभाबाट तुरुन्त फिर्ता गर्नुपर्छ ।'

मिडियामाथि अंकुश लगाउने विधेयक तत्काल फिर्ता गर्नुपर्ने महतको भनाइ

कांग्रेसले स्वतन्त्र प्रेसको अवधारणालाई कहिले पनि धरासायी हुन नदिंदैन भन्दै अब स्वतन्त्र प्रेस पनि 'स्वतन्त्र' रहेन भने यो देशमा लोकतन्त्र रहला र ? भन्ने शंका उत्पन्न भएको उनले औंल्याए ।


सरकार अधिनायकवादतर्फ लम्किरहेकोले यसलाई रोक्न कांग्रेसले गाउँ गाउँमा कांग्रेसले जागरण अभियान सुरु गरेको उनले उल्लेख गरे ।

प्रकाशित : वैशाख २७, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?