चुरेमा अतिक्रमण तीव्र

शिव पुरी

रौतहट — चुरे क्षेक्रमा बढ्दो अव्यस्थित बसोबास र अतित्रमणले भविस्यमा ठुलो समस्या निम्तिन सक्ने सरोकारबालाले औल्याएका छन् । चुरेमा केही समययता बसोबास र अतिक्रमण गर्ने कार्य तिब्र छ । यसलाई रोक्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरु भन्छन्, ‘ चुरको संरक्षण गर्नै पर्छ ।’ 

चुरेमा अतिक्रमण तीव्र

चन्द्रनिगाहपुरमा बिहीबार चुरे सरंक्षण सम्बन्धि कार्यक्रमका सहझागि वक्ताहरूले चुरे क्षेत्रमा बढ्दो अतित्रमण र विनाशले जलवायु परिवर्तन लगायत समस्या आऊने बताए । कार्यक्रममा चुरे क्षेत्रमा बढ्दो अतित्रमण, अबैज्ञानिक खेती, वनमा हानी, अतिक्रमणले मुहान सुकेको, ढुंगा उत्खनन् लगायतको दृश्य देखाइएको थियो ।


डिभिजन वन अधिकृत बिनोद सिंहले समयमा चुरे संरक्षण गर्न सकिएन भने निकट भविष्यमा ठुलो समस्या ल्याउने बताए । ‘यसमा एक जनाको मात्र पहलले हुँदैन । सबैको सहयोग चाहिन्छ,’ उनले भने, ‘राष्ट्रपति चुरे कार्यक्रम समेत हुन दिँदैनन् । यस तर्फ समयमा सबैको ध्यान जान जरुरी छ ।’ चुरे बिनाशले मुहान अतिक्रमणमा परेपछि केही बर्ष यता पूर्वपश्चिम राजमार्गका नदीहरू समेत सुक्न थालेका छन् ।


त्यस क्षेक्रमा अब्यवस्थित बसोबासका लागि चुरे अतित्रमण, जथाभावि ढुंगा ऊत्खनन र वन विनाश बढ्दै गएकाले नदी सुकेको विज्ञहरुले बताएका छन् । अतिक्रमणका त्रममा पानीको मुहान पुरीने र भत्किने क्रम बढे पछि नदी सुक्न थालेको हो । पछिल्लो समय त्यस क्षेक्रमा अतित्रमण गरी धमाधम घर टहरा बनाईएका छन् । वनले हटाउन पहल थाले पनि सकेको छैन् ।


तराई–मधेसका बासिन्दाको जीवनको प्रमुख आधार चुरे हो । वर्षाको बेला नदीमा आउने बाढी यहाँका गाँउघरमा पस्नुको एउटा कारण मध्ये चुरे विनास पनि एक हो । ढुंगा उत्खननको नाममा चुरेको जगै खन्ने काम भएको छ । त्यस पछि चुरे वर्षासँगै बग्यो । वन अधिकृत सिंहले अहिलेको भीषण बाढी चुरे बगे पछिको परिणाम भएको बताउछन । चुरे निकै खुकुलो माटोले बनेको छ ।


‘अतिक्रमण गरी बस्ती बसाल्ने र खेती गरिदिनाले माटो झनै कमजोर हुँदै गएको छ,’उनले भने,‘यस तर्फ सरकारको ध्यान जान जरुरी छ ।’ चुरे विनाश पछि समान्य वर्षाले पनि त्यहाँको ढुंगा, गिटी र माटो खहरे मार्फत बगाएर ल्याउँछ । पछिल्ला वर्षमा चुरे मास्नेहरु सक्रिय भएका छन् । विकासका नाममा ढुंगा उत्खननको काम तीब्र भएको छ । चुरेको जग भत्काउन थालिएपछि समस्या चुलिएको हो । ठूल्ठूला ढुंगा र चट्टानले पानीको बेग घटाउने काम गर्छन् । अहिले त्यस्ता चट्टान खोलामा बाँकी छैनन् । रातारात क्रसर व्यवसायीले उठाएर लगिसकेका छन् ।


अहिले पनि ढुंगा उत्खननको काम भईरहेकै छ । मकवानपुरदेखिका ठेकेदारले त्यहीबाट ढुंगा लैजान्छन् । सरकारले चुरे दोहन रोक्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याएको छ । यो उपलब्धि मुलक रुपमा सफल हुन सकेन । चुरे क्षेक्रमा कार्यत्रम बिथोलीएको छ । ०६८ को जनगणना अनुसार ५०.७ प्रतिशत जनसंख्या रहेको तराई चुरे मै आश्रित छ । रौतहटमा माक्र चुरे क्षेत्रमा एक हजार बढी घर छन् । घर बनाएकाहरु त्यही अतित्रमण गरी खेतीबारी गर्छन ।


पछिल्ला वर्षहरूमा त्यस क्षेत्रमा मानिसको बसोबास बढ्दो छ । यस क्षेत्रमा १४ लाखभन्दा बढी मानिस बसोबास रहेको अनुमान गरिएको छ । अधिकांशको आफुनो जग्गा जमिन छैन । गरिबी र पहाडबाट अनियन्क्रित बसाइसराइ गरि आएकाले अतित्रमण तथा खण्डीकृत बासस्थानले चुरेमा वन विनास व्यापक छ । यसले तराईको उर्वर कृषि मरुभूमिमा परिणत हुँदै गएको छ ।


काठ चोरी निकासी, वन फँडानी, अतिक्रमण र उच्च दोहनले चुरेको वन क्षेत्र घटिरहेको छ । कृषि भूमि बढेको देखिए पनि उर्वराशक्ति घट्दै गएको पाईएको छ । वन क्षेत्र झाडीमा परिवर्तन भएको छ । वन विनासले चरिचरन क्षेत्र बढिरहेको छ । यसले चुरेको आयु घट्दै गएको चन्द्रपुर नगरका मेयर रामचन्द्र चौधरीले बताए ।


‘जिल्लाभरी अतिक्रमण बढ्दो छ । यसलाई ब्यवस्थित गर्नु जरुरी छ,’उनले भने, ‘समयमा चुरेको सरंक्षण गर्न सकिएन भने स्थिति भयावह बन्न सक्छ ।’ यस क्षेत्रमा भइरहेको वन विनाश, अनियन्त्रित गिटी बालुवा निकासी तथा भूक्षयलाई रोकी तराईमा हुन सक्ने सम्भावित मरुभूमिकरणको खतरालाई रोक्न, चुरे संरक्षण् गर्ने उदेश्यले संरक्षण कार्यक्रम ल्याइएको हो ।


नेपालको ३६ जिल्लालाई छुने चुरे क्षेत्रमा अधिकांश प्रमुख उत्पादनशील सामुदायिक वन पर्दछन् । तल्लो तटीय क्षेत्रलाई जोगाइ राख्न चुरे संरक्षणका लागि नीति, कार्यवधि, गुरुयोजनाका साथै राजनीतिक स्वार्थभन्दा बाहिर रहेर सरोकारवालाको प्रतिबद्धता आउनु जरुरी रहेको वनको बुझाइ छ ।


रातारात ढुंगा गिटि उत्खनन, बाहिरिया जिल्लाबाट संगठित रुपमा कब्जा गरी रुख काटेर घर तथा बालीनाली लगाउदै आए पछि चुरे संकटमा परेको हो । जिल्लाको उत्तरी भेगमा एक दशकदेखि ढुंगा उत्खनन गरेर बाढीको जोखिम बढाउने काम भएको भन्दै चौतर्फि विरोधपछि वन कार्यालयले रोक लगाउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले चुरे क्षेत्रबाट ढुंगा उठाउन लागेको पाइए कारबाही हुने बताए ।

प्रकाशित : वैशाख २८, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?