२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हावाहुरी पीडितलाई सहयोग : प्रदेश १ ले दियो १ करोड

जनकपुर — बारा र पर्सामा हावाहुरीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश १ को सरकारले १ करोड रुपैयाँ सहयोग गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार जनकपुर पुगेर उक्त रकम प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई हस्तान्तरण गरे ।

चैत १७ गतेको शक्तिशाली हुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति गरेको थियो । प्रदेश १ का मुख्यमन्त्री राउतले विपदका बेला एउटा प्रदेशले अर्को प्रदेशलाई सहयोग गर्नु संघीयताको सुन्दर पक्ष रहेको बताए ।


मुख्यमन्त्री राईले प्रदेश १ को सानो सहयोगले हावाहुरी पीडितलाई थोरै भए पनि राहत दिने अपेक्षा राखे । ‘त्यो घटना सुनेर हामी मर्माहत भएका थियौं । सबैको मन रोएको थियो,’ उनले भने, ‘हावाहुरी प्रभावित क्षेत्रमा पुनःस्थापनामा सहयोग गर्न आर्थिक मद्दत गरेका हौं ।’


प्रदेश २ का मुख्यमन्त्री राउतले दुःखसुख बाँड्ने काम सह्रानीय रहेको बताउँदै हावाहुरी पीडितलाई सहयोग गर्न प्रदेश १ का मुख्यमन्त्री राई आफैं आएकोमा खुसी व्यक्त गरे ।


मुख्यमन्त्री राउतले स्वागत गर्दै प्रदेश १ का मुख्यमन्त्री राईलाई गम्छा लगाइदिए भने राईले राउतलाई रूद्राक्षको माला लगाइदिए । यस्तै, हावाहुरी प्रभावितलाई प्रदेश २ का प्रदेश प्रमुखका निजी सचिवालयको १ दिन बराबरको तलब सहयोग गरेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?