३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रशासनिक संरचना प्रतिवेदन

धनुषा — प्रदेश २ को सरकारले गठन गरेको प्रदेश प्रशासनीक संरचना सुझाव आयोगले प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको छ  । प्रदेश सरकारले विद्याधर मल्लिकको नेतृत्वमा गठन गरेको एकल सुझाव आयोगले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएका हुन्  ।

आयोगलाई तात्कालिक र दीर्घकालिक गरी दुई चरणमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो । कार्यदेश अनुरूप आयोगले तात्कालिक प्रतिवेदन भदौको अन्तिम साता सरकारलाई बुझाएको थियो भने दीर्घकालिक प्रतिवेदन सोमबार बुझाइएको आयोगका संयोजक विद्याधर मिल्लकले बताए ।

प्रदेश कर्मचारीको संरचना, संगठनको रूप र आवश्यक कर्मचारीलाई परिचालनसम्बन्धी प्रतिवेदन बुझाएको उनले बताए । प्रतिवेदन बुझाउँदै विद्याधर मल्लिकले प्रदेशको प्रशासनीक संरचनालाई दुरुस्त बनाउन कम्तिमा ५ हजार कर्मचारीको आवश्यकता रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रतिवेदनमा आएका सुझाव माथि छलफलपछि कार्यान्वयनको चरणमा लाग्ने बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?