२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सफाइ कर्मचारी आन्दोलित

धनुषा — जनकपुर उप–महानगरपालिकामा कार्यरत ज्यालादारी सरसफाइ मजदुर आन्दोलित भएका छन्  । दैनिक ज्यालादारीको नियुक्त पत्र र चार महिनादेखि नपाएको तलब तत्काल पाउनु पर्ने माग गर्दै सरसफाइ कर्मचारी सरसफाइ ठप्प गरी धर्ना बसेका हुन्  ।

उप–महानगरका मेयर लालकिशोर साहलाई नियुक्ति पत्रका लागि पटक–पटक जानकारी गराए पनि पहल नभएपछि काम छोडेर धर्नामा बसेको सरसफाइ कर्मचारी बाबुल मेस्तरले बताए ।

दैनिक काम गरेर पाउने ज्यालाबाट नै घर परिवार चल्ने भएकाले चार महिनासम्म ज्याला नपाएपछि आन्दोलन गर्न बाध्य भयौं, बाबुलले भने, ‘तलब नपाउँदा हातमुख जोड्नै समस्या भएको छ । चार महिनासम्म तलब नपाउँदा पसलको उधारो समेत बुझाउन सकिएको छैन ।

उधारो पैसा महिनौंसम्म नबुझाएकै कारण दैनिक उपभोग्य समान खरिद गर्न नसक्दा परिवार चलाउन समस्या भएको छ ।’ दैनिक ज्यालमा काम गरेका ५६ जना सरसफाइ कर्मचारी उप महानगरबाट ४ महिनाको तलब पाउन नसकेको मेस्तरले बताए ।

दैनिक ६ सयका दरले पाउने ज्याला पटक–पटक मग्दा समेत नपाएपछि उपमहानगरको सरसफाइ ठप्प गरेर कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारी ४ दिन देखि सरसफाइ छोडेर आन्दोलन गर्दा जनकपुरको सडक फोहरदे दुर्गन्धित बनेको छ । पसल, होटल र घर अगाडि ४ दिनसम्म थुप्रेको फोहर गन्हाउन थालेको छ ।

उप महानगरले संकलन गर्ने फोहर लामो समय सम्म उठन सकेको छैन । घरको फोहर सडकमा थन्किएको छ । बजार क्षेत्र फोहरले कुरुप बनेको छ । फोहरले सडक पेटीमा हिडन समस्या भएको छ ।कर्मचारीलाई तलब खुवाउन र भर्ना गर्न संघ सरकरको कानुन बाधक बनेको उप महानगरकी उप मेयर रीताकुमारी मिश्रले बताइन ।

सरसफाइ कर्मचारीलाई करार सेवामा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको मिश्रले बताइन । संघ सरकारले कर्मचारीलाई तलब दिन नमिल्ने बताएपछि अर्को प्रक्रिया सुरु गरी सरसफाइ कर्मचारीलाई नियुक्त र तलब दिने तयारी भएको उनले बताइन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?