कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट, जनतान्त्रिक तराइ मुक्ति मोर्चाले लियाे जिम्मा

अवधेशकुमार झा

सप्तरी — सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट गरिएको छ । शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट गराइएको हो ।

गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट, जनतान्त्रिक तराइ मुक्ति मोर्चाले लियाे जिम्मा

अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको हो । बमका छर्रा लागेर अध्यक्षका गोइतका ५६ वर्षीय काका समानन्द गोइत घाइते भएका छन् । बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले बताए । आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतको भनाइ छ । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित भएका हुन ।

बम बिष्फोटनको जिम्मा जनतान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । माेर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले बिज्ञप्ति जारी गर्दै तराइमा भ्रष्टाचार बिरोधी अभियान अन्तरगत कारवाही स्वरुप गाउँपालिका अध्यक्ष गोइतको घरमा बिष्फोट गरिएको जनाएका छन् ।

बिज्ञप्तिमा भ्रष्टाचार जारी रहे अझै यो भन्दा कडा कारवाही गरिने र त्यसकाे जिम्मा स्वयं गाउँपालिका अध्यक्ष गाेइतले लिनुपर्ने चेतावनी दिएकाे छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?