कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

समुदाय–प्रहरी साझेदारी आयोजना

अवधेशकुमार झा

राजविराज — समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो दश महिनामा सप्तरीमा २ करोड २९ लाख रुपैया भन्दा बढीको योजनाहरू संचालनमा आएका छन् ।

स्थानीय तह र विभिन्न संघ/संस्थासंगको समन्वयमा ती योजनाहरू जिल्लामा संचालित छन । ती मध्ये विभिन्न प्रहरी इकाईको भवन निर्माण, प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति तथा बिभिन्न उपकरणहरूको प्राप्ती रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार पछिल्लो समय गत चैत १३ मा राजविराज नगरपालिकाले वडा प्रहरी कार्यालयको भवन निर्माण गर्न ६ कठा ३ धुृर जग्गा प्रदान गरेको छ । यसैगरि, हनुमाननगर कंकालिनी नगरपालिकाले इलाका प्रहरी कार्यालय हनुमाननगरको भवन निर्माणका लागि ४० लाख रुपैया विनियोजन गरेको छ ।


राजविराज नगरपालिकाको ३८ लाख रुपैयाको सहयोगमा नगरपालिका क्षेत्र भित्र सिसिटिभी जडान गर्न टेण्डरको कार्य समेत भईसकेको बिष्टले बताए । सप्तकोसी नगरपालिकामा समुदाय– प्रहरी साझेदारीमा ३८ लाख रुपैयामा पहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ भने कठौना प्रहरी चौकीको छत ढलान कार्य शम्भुनाथ नगरपालिकाको ३० लाख रुपैयाको लागतमा समपन्न भएको छ । वडा प्रहरी कार्यालय राजविराजको भवन निर्माणका लागि राजविराज नगरपालिकाले ३० लाख रुपैया छुटयाईसकेको छ ।


तिरहुत गाउपालिकाले दिएको १७ लाख रुपैयाको लागतमा पहरी चौकी डिमनको छत ढलान कार्य अन्तिम चरणमा रहेको एसपी बिष्टले बताए । सुरुङगा नगरपालिकाले दिएको १५ लाख रुपैयाको लगानीमा प्रहरी चौकी लक्ष्मीपुरको भवन निर्माण कार्य भईरहेको र भवन निर्माणमा अपुग रकम सोही नगरपालिकाले आगामी आथिृक वर्षमा छुटयाउने प्रतिबद्धता जनाएको बिष्टले बताए ।


कंचनरुप नगरपालिकाको ७ लाख रुपैयाको सहयोगमा इलाका प्रहरी कार्यालय कंचनपुरमा नागरिक सहायता कक्ष र महिला सेलको निर्माण कार्य भईरहेको, प्रहरी चौकी धातीको मेष तथा ब्यारेकको कोठा निर्माणका लागि सुरुङगा नगरपालिकाले ५ लाख रुपैया निकासा दिएको बिष्टले बताए ।

कठौनास्थित पुर्व पश्चिम राजमार्गको ट्राफिक चौकमा शम्भुनाथ नगरपालिकाको सहयोगमा ४ लाख ८५ हजार ४ सय ६१ रुपैया ९४ पैसाको लागतमा सिसिटिभी जडान कार्य समपन्न भई संचालनमा समेत आईसकेको छ ।


सिमा नाकामा रहेका प्रहरी इकाईहरूलाई लागु औषध सेवन गरेको छ छैन् भन्ने चेकजाच गर्नका लागि उद्योग वाणिज्य संघ सप्तरीको सहयोगमा ५० थान ड्रग्स किट बक्स बितरण गरिएको तथा विष्णुपुर गाउपालिकाको सहयोगमा इलाका प्रहरी कार्यालय बिष्णुपुरको मर्मत तथा पुर्ननिर्माणका लागि ५ लाख रुपैया निकासा भएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?