कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पुरानो गौशाला ओझेलमा

बर्दिवास — नेपालकै पुरानो निगौल गौशाला ओझेलमा परेसंगै अतिक्रमणको चपेटामा छ । झण्डै सय वर्षअघि भारत विहार प्रान्तको दरभंगा महाराजाले १५ सय दुधालु गाई ल्याई २ सय बिघा जग्गा प्राप्त गरी गौवंशको संरक्षण गर्न गौशाला स्थापना गरेका थिए ।  

स्थापना कालमा गौशालाको व्यवस्थापन दरभंगा महाराजको तर्फबाट ब्रह्मदेव ठाकुरले गरेका थिए । पछि नेपाललाई हस्तान्तरण गर्दा तत्कालीन वडाहाकिमको जिम्मा दिइएको थियो । त्यसपछि अञ्चलाधीश हुँदै ०४७ मा प्रमुख जिल्ला अधिकारीलाई दिइए तापनि गौशाला वषौर्ंदेखि अलपत्र तथा उपयोग विहिन थियो ।


गाई गौशालाको संम्भावनााई मध्यनजर गर्दै ०६७ जेष्ठ १९ मा नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गाई गौशला संचालन व्यवस्थापन तथा विकासको जिम्मा राष्ट्रिय सहकारी विकास बोर्डलाई दियो । गौशाला ५ का उषमान मोमिनले महोत्तरीलाई नै चिनाउने संभावना बोकेको गाई गौशाला ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे । आँप लिचिका सुन्दर बगैंचा, गाई फार्म, गाई गौशालाको सुन्दरता भएको उनले बताए । गाई गौशालाको जग्गा व्यक्तिले मेरो भनेर कब्जा जमाउदा समेत गाई गौशालाले आफ्नो जग्गा नियन्त्रण गर्न नसक्नु गाई गौशालाको अस्तित्व नै धरापमा पर्नु भएको मोमिनको भनाइ छ ।


त्यस्तै गौशाला १ का सुरेस महतोले पनि गाई गौशालाको जग्गा अतिक्रमण तीब्र भएकोमा दुखेसो पोखेे । एउटा ठूलो सम्भावना भएको गाई गौशालालाई सही तरिकाले अघि बढाउन नसकेकोमा राष्ट्रिय सहकारी विकास बोर्डसँग उनको गुनासो छ । गौशालालाई राज्यले सही तरिकाले सञ्चालन, संरक्षण र विकास गर्नेहो भने राज्यलाई ठूलो आर्थिक लाभ हुने उनले बताए ।


सुरुमा २ सय बिघामा फैलिएको गौशाला हाल १ सय ५७ बिघामा सीमित भएको गौशाला व्यवस्थापन कार्यालयका निमित्त प्रमुख रामछविलाल रायले जनाए । राष्ट्रिय सहकारी विकास बोर्डले सञ्चालनको जिम्मा पाएपछि गौशाला नगरपालिका-३ नवराजपुरमा निर्माण गरिएको २०/२० वटा गाई पाल्न सकिने ५ वटा र १ सय गाई पाल्न सकिने १ गाई गोठमा अहिले उन्नत जातका १ सय ५५ गाई छन् । गाईको दूध र मलको पनि उचित व्यवस्थापन गौशालाले गर्न सकेको छैन ।


जग्गा अतिक्रमण बढ्दै गएको छ । चलेको चलन अनुसार ६० लाखमा ठेक्का लाग्नुपर्ने खेतीयोग्य जमिन वर्षमा १८ हजारमा गाई गौशालाले किसानलाई ठेक्का लगाएको छ ।


अतिक्रमणलाई रोक्न राष्ट्रिय स्तरबाट तथा गौशालाका सहयोग समिति, नगरपालिका र अन्य सरोकारवाला निकायहरूसँग बारम्बार सम्पर्कमा रहेर विभिन्न पहल र प्रयासहरू गरिएको राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए ।


भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नं २ ले चालु आर्थिक वर्षमा गाई गौशालालाई दिएको एक करोड बजेट निकासा गर्न ढिला भएपछि फ्रिज भएको छ । गाईहरूबाट उत्पादित गोबरलाई बर्मिक कम्पोष्ट मल बनाउने योजनासहित गाई गौशालाले एक वर्ष लगाएर पेस गरेको बिजनेस प्लान पछि मन्त्राललयले गाई गौशालालाई एक करोड बजेट छुट्याएको थियो । बजेट दिन प्रदेश सरकारले ढिला गरेपछि उद्देश्य नहुने भएकाले बजेट नलिएको रायले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?