बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

रासस

लहान — सिराहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा बिहीबार राति करीब बस र ट्रक ठाेक्किँदा दुईजनाकाे मृत्यु भएकाे छ । 

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

राति १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हाे ।


दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?