२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पुनर्निर्माणमा ६५ लाख राहत

बारा — गत चैत १७ मा आएको भीषण हुरीले क्षति पुर्‍याएका भौतिक संरचना पुनर्निर्माणका लागि विभिन्न संघसंस्थाले शनिबार सहयोग गरेका छन् । नेपाल बैंक लिमिटेडले ५० लाख र इन्द्रेणी साँस्कृतिक केन्द्रले १५ लाख गरी ६५ लाख राहत सहयोग दिएको हो । परवानीपुर गाउँपालिका-४, चैनपुरमा रहेको नेराप्राविको भवन पुनर्निर्माणका लागि बैंकले ५० लाख सहयोग गरेको छ । 

विद्यालय प्राङगणमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा बैंकले सामाजिक उत्तरदायित्व विकास कोषअन्तर्गत उक्त रकम विद्यालयलाई उपलब्ध गराएको हो । बैंकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुर र प्रअ मदन कुर्मीलाई चेक हस्तान्तरण गरेका गरे । यसैगरी इन्द्रेणी साँस्कृतिक विकास केन्द्र काठमाडौंले परवानीपुर गाउँपालिका-४ का ३ जना हुरी पीडित परिवारको घर बनाइदिन १५ लाख सहयोग गरेको छ ।


प्रसौनी गाउँपालिकाका वडाध्यक्ष बृजकिशोर कुसवाहालाई उक्त रकम केन्द्रले शनिबार हस्तान्तरण गरेको हो ।




प्रकाशित : जेष्ठ ११, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?