हावाहुरी प्रभावित १५ सय विद्यार्थीलाई पाठ्य सामाग्री

बारा — बाराका हावाहुरी प्रभावित विद्यार्थीहरूलाई पाठ्य सामग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेन र स्थानीय जनजागरण युवा क्लबको सहकार्यमा यहाँका दुई दर्जन बढी विद्यालयका छात्रछात्रालाई पाठ्य सामाग्री वितरण गरिएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै छात्रछात्राहरूको पढाइमा समस्या देखिएपछि २६ विद्यालयका प्रभावित २ हजार १ सय ११ छात्रछात्रा मध्ये १ हजार ५ सय १० छात्रछात्रालाई दुई दिनयता विद्यालयमै पुगेर पाठ्य सामाग्री वितरण गरिएको हो ।


प्रति विद्यार्थी १ हजार ५ सयको दरले पर्ने कापी, पेन्सिल, इरेजर, काइँयो, पोसाक, औजार बक्स, रुमाल, झोलासहित २५ लाख बराबरको शैक्षिक सामग्री प्रदान गरिएको जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले बताए ।


सुवर्ण, फेटा, परवानीपुर, प्रसौनी, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकाको २६ वटा विभिन्न तह (प्रावि, निमावि, मावि र उच्च मावि) का विद्यालयका छात्रछात्रालाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

प्रकाशित : जेष्ठ २०, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?