कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धूमधामसँग मनाइयो गंगा दशहरा

जनकपुर — हिन्दूको पवित्र पर्व गंगा दशहरा बुधबार जनकपुरमा श्रद्धा एवं भक्तिसाथ मनाइएको छ । श्रद्धालुहरू यहाँका दशरथ तलाउ, गंगासागर, धनुषसागर, अंगराजसरलगायतका सरोवरमा पवित्र स्नान गरी जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, दशरथ मन्दिरलगायतका मठमन्दिरमा पूजा गरी च्युरा र आँप खाएर पर्व मनाए ।

यहाँका सरोवरहरूमा बिहानैदेखि पवित्र स्नान गर्नेको घुइँचो लागेको थियो । गंगा दशहराको अवसरमा दशरथ तलाउमा पवित्र स्नान गरी आँप–च्युरा खाने परम्परा छ तर दशरथ तलाउ जीर्णोद्धार जारी रहेका कारण श्रद्धालुलाई स्नान, पूजा गर्न कठिनाइ भएको थियो । मिथिलाञ्चलमा सिजनको आँप गंगा दशहराकै दिनदेखि खाने परम्परा छ ।


पवित्र गंगा नदी जेष्ठ शुक्ल दशमीको दिन पृथ्वीमा अवतरण भएको धार्मिक मान्यताअनुसार यस दिन गंगा दशहरा मनाइँदै आएको धर्मगुरुहरू बताउँछन् । ५ वर्षमा गंगा आरती पाँच वर्षअघि गंगादशहराको दिनदेखि जनकपुरको पवित्र गंगासागरमा सुरु गरिएको महागंगा आरती देशी विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।


महागंगा आरती आयोजक सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामाशीष यादवको पहलमा पाँच वर्षअघि सुरु भएको महागंगा आरतीमा हालसम्म नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भारत बिहार प्रान्तका उपमुख्यमन्त्री सुशीलकुमार मोदी, भारतीय राजदूत रंजीत रेसहित जापान, श्रीलंकालगायत देशका राजदूत तथा नेपाल भारतका विशिष्ठ पाहुनाहरू सहभागी भइसकेको जानकारी दिए । दैनिक सन्ध्या हुने महागंगा आरतीमा सैयौंका सहभागिता हुने गरेको छ ।


वातावरण सफाईको नारासाथ सुरु सेभ द हिस्टोरिकल जनकपुरले सञ्चालन गरेको स्वक्षता अभियानअन्तर्गत सुरुमा गंगासागर सफाई गरिएको थियो । पछि सफा गंगासागरमा दैनिक आरती सुरु गरिएको थियो । ‘यो वातावरण सफाई अभियान हो । अचेल महागंगा आरती पर्यटकीय गन्तव्य बन्न थालेको छ । यसलाई अझ व्यवस्थित गर्नु हामी सबैको काम हो ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?