२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

१ लाख घुससहित इन्जिनयर पक्राउ

राजविराज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिँदै गर्दा इन्जिनयर विकासकुमार श्रेष्ठलाई बिहीबार राजविराजबाट पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनयर श्रेष्ठलाई राजविराज ६ स्थित डेराबाट घुसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको हो । 

साविकमा जिल्ला बिविस समितिमा कार्यरत रहेका श्रेष्ठले आर्थिक वर्ष २०७०/७१ को योजना अन्तर्गत साबिकको तरही गाविस र देउरी गाविसबीचमा रहेको स्वर्ण खोलामा झोलुंगे पुलको उपभोक्ता समितिसँग १ लाख रुपैयाँ माग गरेको अख्तियारको दाबी छ । सम्पन्न नभएको उक्त कामको फाइल अगाडि बढाइदिने भन्दै श्रेष्ठले पैसा मागेपछि उपभोक्ता समितिका पदाधिकारी अख्तियार पुगेको थियो ।


बिहीबार बिहानै अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायव उपरीक्षक श्याम सारु मगरको नेतृत्वमा आएको टोलीले रकम लिँदै गर्दाको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?