कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकले किचेर आमाछोरीको मृत्यु

शिव पुरी

रौतहट — जिल्लाको गरुडा नगरपालीका ५ स्थित दुधियाभार नजिक ट्रकले किचेर शनिबार साँझ महिला र एक बालिकाको मृत्यु भएको छ । मृतकहरु आमाछोरी हुन् । घटनापछि स्थानीयले ट्रकमा आगजनीको प्रयास गरेका थिए । तत्काल सुरक्षाकर्मी पुगेकाले ट्रक जल्न पाएन । 

ट्रकले किचेर आमाछोरीको मृत्यु

इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार कटहरिया नगरपालिका १ भषेडवाका ३५ वर्षीय सुगन्धिदेवी साह र उनका छोरी ३ वर्षीया अम्रिकाकुमारी साहको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरीले जानकारी दिएको छ ।


सुगन्धि गर्भवति थिइन् । उनका श्रीमान् दिलीप साहले मोटरसाइकल चलाएका थिए । मोटरसाइकलमा श्रीमती छोरा र छोरी सवार थिए । दिलीप र छोरा सामान्य घाइते छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । चालक फरार छन् ।


प्रकाशित : जेष्ठ ३२, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?