कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तीन दशकपछि पुल

पर्सा — स्थानीय ६५ वर्षीय नारायण पाठक शनिबार निक्कै खुसी देखिन्थे । गाउँकै मुखमा रहेको शिवनगर खोलामा बनेको पुलको उद्घाट्नपछि दुःखका दिन सक्किएकाले उनको मुहारमा खुसी आएको हो । 

तीन दशकपछि पुल

‘मेरै जीवनकालमा यो खोलामा पुल बन्छ भनी मैले आशा गरेको थिइनँ,’ उनले भने, ‘तर, वीरगन्ज महानगरपालिकाको कार्यालयले हाम्रो पीडा बुझेर यो खोलामा पुल बनाई दिएकाले हाम्रो दुःख सकिएको छ ।’


तीन दशकको प्रतीक्षापछि गाउँलेको दुःख बन्दै आएको वीरगन्ज महानगरपालिका ३२ रामवनस्थित शिवनगर खोलामा नवनिर्मित पुलको महानगरपालिकाका मेयर विजय सरावगीले उद्घाट्न गरे । ६ मिटर लामो पुल बनाउन वीरगंज महानगरको १८ लाख रुपैयाँ उपलब्ध गरायो भने स्थानीयले १ लाख ९६ हजार रुपैया बराबरको श्रमदान गरे ।


उपभोक्ता समिति मार्फत इमान्दारीले काम भएकाले थोरै लागतमा ठूलो काम सम्पन्न गर्न सम्भव भएको मेयर सरावगीले बताए । ‘२० लाख रुपैयाँको काम हेर्दा ३५ लाख रुपैयाँको काम जस्तो देखिन्छ, अन्यत्र उपभोक्ता समितिले बजेट बाहेक एक रुपैयाँ पनि लगानी गर्ने चलन छैन,’ उनले भने, ‘वीरगन्ज महानगरपालिकाको कार्यालयले यस वर्ष सञ्चालन गरेका साना ठूला गरी करिब ४ सय योजनामध्ये यहाँको पुल निर्माण समितिको काम गुणस्तरीय छ ।’

प्रकाशित : असार १, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?