१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मन्दिर परिसर खाली नहुँदा ढिलाइ

जनकपुर — जानकी मन्दिरका महन्त रामतपेश्वर दास र उनका उत्तराधिकारी रामरोशन दासले मन्दिर परिसरमा रहेको पूजा सामग्रीको पसल हटाउन नमान्दा मन्दिर परिषर पुनर्निर्माण योजनामा ढिलाइ भइरहेको निर्माण कम्पनीले आरोप लगाएको छ । 

यसअघि मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले ठेकेदारको कारणले मन्दिर सौन्दर्यीकरण आयोजनामा ढिलाई भएको आरोप लगाएका थिए । मन्दिर परिसरमा यत्र तत्र राखिएका निर्माण सामग्रीका कारण मन्दिर फोहरको ढुंगुर बनेको तथा श्रद्धालुलाई आउजाउ गर्न कठिन भएको आरोप दासको छ ।


मंसिर तेश्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ‘ मुख्य मन्त्री स्वच्छता अभियान ’ को आरम्भ जानकी मन्दिर सौन्दर्यीकरण आयोजनाबाटै गरेका थिए । ८ करोडको उक्त आयोजना अन्तर्गत जानकी मन्दिरमा मार्बल र ग्रेनाईट जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकास आदिको निर्माण भई रहेको छ ।


मन्दिर परिसरमा वालुवा, ह्युमपाईप, गिटीलगायतका निर्माण सामग्रीहरू यत्रतत्र थुपारिएको तथा पुराना संरचनाहरू भत्काईएकाले मन्दिर परिसर सांगुरो भएको आरोप स्थानीयवासीको छ । यसका साथै मन्दिर परिसरमै फूलमाला, पर्सादी लगायतको पसल समेत थापिएकाले श्रद्धालुलाई सास्ती भएको छ । फूलमाला, प्रसादी चूराको पसल थाप्नेसंग मन्दिर व्यवस्थापनले दैनिक तथा मासिक भाडा लिन्छ ।


ठेकेदार ठाकुरले भने,‘मन्दिर परिसरमा लगाइएको पसल हटाउन हामीले पटक पटक महन्तजीसंग आग्रह गर्यौ । स्थानीय प्रहरी प्रशासनलाई पनि भन्यौ तर हटाईएन । परिसर खाली नभएसम्म निर्माण कार्यलाई कसरी निरन्तरता दिने ?’ यसका साथै मन्दिर भित्र रहेको आधा दर्जन अधिक सौचालयमध्ये एककोमात्र सेफ्टी टैंक भएको तथा बाकीका मलमूत्र अव्यवस्थित रहेको जानकारी पनि ठेकेदार ठाकुरले दिए । ठाकुरका अनुसार – सौचालयहरूको मलमूत्र व्यवस्थापन ठुलो समस्या बनेको छ ।

प्रकाशित : असार २, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?