२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्थानीय तहमा हाकाहाकी घुस, बारामा घुससहित ३ पक्राउ

सिमरा — सेवाग्राहीबाट घुस लिएको रकमसहित बाराको पचरौता नगरपालिकाका एक ईन्जिनियर र एक नासुसहित ३ जना कर्मचारीलाई मंगलबार अख्तियारको टोलीले पक्राउ गरेको छ ।

स्थानीय तहमा हाकाहाकी घुस, बारामा घुससहित ३ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेंटौडाबाट खटिएको टोलीले पचरौता नगरपालिकाका ईन्जिनियर रामप्रकाश सतरा, सोही नगरपालिका नायब सुब्बा बद्री बहादुर थापा र कार्यालय सहयोगी ध्रुब महतोलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवानीपुरको कम्पाउण्ड निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीको लागी सिफरिस गर्न सेवाग्राहीबाट१५ हजार रुपैयाँ घुस लिएको अवस्थामा कार्यालयबाटै ईन्जिनियर सतरा र कार्यालय सहयोगी महतोलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेंटौडाले जनाएको छ ।


सोही नगरपालिकामा संचालन गरिएको महिला सशक्तीकरण कार्यक्रम सम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानी सिफारिस गर्न सेवाग्राहीबाट नगद १४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार टोलीले कार्यालय परिसरबाटै नासु बद्रीबहादुर थापालाई पक्राउ गरेको हो ।

काम सम्पन्न गरीसकेका सेवाग्राहीलाई विभिन्न बहाना घुस माग गर्दै दुःख दिईरहेको उजुरी अख्तियारमा परेपछि यहाबाट टोली खटिएको अीखतयारका अधिकारीले बताए ।


‘पक्राउ परेका तीनैजनालाई आवश्यक कानुनी कारवाहीको लागी हेंटौडा ल्याइँदै छ,’ अख्तियारका अधिकारीले भने, ‘पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागी राजधानी काठमाडौं स्थित केन्द्रिय कार्यालयमा पठाईन्छ ।’ सेवाग्राहीबाट घुस लिएको गुनासो आएको कर्मचारीलाई निगरानीमा राखेर अनुसन्धान गर्दै जाँदा उनीहरु रंगेहात पक्राउ परेका हुन् ।


पक्राउ परेका नासु थापा पूर्व जिल्ला विकास समितिमा कार्यरत अवकाशप्राप्त कर्मचारी हुन् । उनीहरुले लामो समय देखी सेवाग्राहीबाट घुस रकम लिएर मात्र काम गर्दै आएको जानकारले बताए । अख्तियारले जिल्लाको १६ वटै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधीले काम सम्पन्न गरीसकेका सेवाग्राहीलाई भुक्तानी दिन घुसको लागी विभिन्न बहाना बनाई दुःख दिईरहेको गुनासो अख्तियारमा आईरहेको अख्तियारका अधिकारीले बताएका छन् ।

अख्तियारले निगरानी बढाए पछि यहाँका स्थानीय तहका वडाध्यक्ष, स्थानीय तहमा कार्यरत कर्मचारी लगायत गरी केही दिन यता आधा दर्जन बढी व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रिय कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाईएको छ ।


प्रकाशित : असार २४, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?