२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

'रामायण सर्किटमा पूर्वाधार विकास'

(जनकपुर) — मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

'रामायण सर्किटमा पूर्वाधार विकास'

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकाससम्बन्धी कार्यक्रममा मुख्यमन्त्री राउतले यसक्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार लगानी गर्न तयार रहेको बताए ।


‘रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र त छँदै हो,’ मुख्यमन्त्री राउतले भने, ‘नेपाल–भारतबीचको सम्बन्धका साथै त्रेता युगिन सम्भयता झल्कने भएकाले दुवै देशका केन्द्रीय सरकारलाई पनि अग्रसर हुन आग्रह गर्छु ।’ नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकालदेखि चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्दै राउतले यसलाई राजनीति सीमाले छेक्ने काम कहिकतैबाट हुनु नपर्नेमा जोड दिए ।


हिन्दुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको गुनासो गर्दै राउतले प्रदेश सरकारले आफ्नो बुताले भ्याएसम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कामलाई अघि बढाएको बताए ।


कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषाधामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गरे । भारत सरकारका पूर्वमन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।


प्रकाशित : असार २६, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?