कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कमला नदीको बाढीमा घेरिए वृद्ध

धनुषा — सिरहा सिमाना कमला नदीको बाढीमा घेरिएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको मन्दिरका ४५ वर्षीय पुजारी बेदरु मुखिय बाढीमा घेरिएका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बताए ।  

कमलामा रहेकाे टापु जस्ताे स्थानकाे मन्दिरमा चारै तर्फबाट पानी प्रवेश गरेपछि मुखिया रुखमा चढेका छन् । पुजारी मुखियालाइ उद्धार गर्न नेपाली सेनाकाे टाेली पुगेकाे छ । पानीकाे बहाव उच्च भएकाे कारण पुजारीकाे उद्धार गर्न नेपाली सेनाकाे हेलिकप्टर मगाउने तयारी गरिएकाे छ । वर्षा भइरहेकाे कारण मुखियाकाे उद्धारमा समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कँडेललेे बताए ।


लगातारकाे अविरल वर्षाले कमला नदीमा बाढीकाे बहाव बढेकाे छ । कमला आसपासकाे वस्तीमा सतर्कता अपनाइएकाे सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डेले बताए ।


वर्षाका कारण जनकपुर जलमग्न बनेकाे छ । घर, पसल, कार्यालयमा पानी प्रवेश गरेकाे छ । पानी जाम भएकाे स्थानमा नगरपालिका र प्रहरीले काम गरिरहेकाे छ । जनकपुरकाे पुराना र गहिराे घरमा ३ फिट भन्दा बढी पानी जमेकाे छ ।

प्रकाशित : असार २७, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?