कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाढी पीडितलाई प्रदेश २ का मन्त्रीहरुले एक महिनाको तलब दिने

धनुषा — प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावित परिवारलाई एक महिनाको तलब दिने भएका छन् । मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्यमन्त्रीहरुले एक महिनाको तलब वर्षा र बाढी पीडित परिवारलाई दिने निर्णय गरेका हुन् । 

बाढी पीडितलाई प्रदेश २ का मन्त्रीहरुले एक महिनाको तलब दिने

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत,उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै मन्त्रीहरुको एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ ।


बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्ने छन् ।


प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छ । प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रकाशित : असार ३१, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?