कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवदम्पतीको रहस्यमय मृत्यु

धनुषा — जनकपुरमा करेन्ट लागेर नवविवाहित श्रीमान–श्रीमतीको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा मंगलबार साँझ २६ वर्षीय टेकनाथ महासेठ र उनको श्रीमती १७ वर्षीय बिना महासेठ सुत्ने कोठामा करेन्ट लागेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत वैशाख ६ गते महोत्तरी, हरिनमरीकी बिना र महासेठको धुमधामका साथ सामाजिक परम्पराअनुसार विवाह भएको थियो । घरभित्र ढोकाको चुकुल लागेको, ओछयानमा पति पत्नी एक साथ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले बताए ।


‘तार छिचोलेर खुट्टामा तीन पटक बेरेर खाट छउमै रहेको विद्युत् बोर्डमा जोडेर करेन्ट लागेको देखिएको छ,’ प्रहरी निरीक्षक साहले भने, ‘खुट्टा खाट तल गएको र शरीर खाटमै रहेको अवस्थामा शव फेला परेको थियो ।’ मृतक टेकनाथ इलेक्ट्रेसियनको काम गर्दै आएका थिए ।


घटना आत्महत्या जस्तो देखिए पनि पति पत्नीबीच सधैं सुमधुर सम्बन्ध रहँदै आएकाले घटना रहस्यमय भएको स्थानीयले बताए । घरमा महासेठको आमा मात्र रहेका बेला घटना भएको हो । उनका बुवा रामा महासेठ मुजेलियास्थित पसल सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?