कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कार आरोपमा प्रहरी असई पक्राउ

शिव पुरी

रौतहट — बलात्कार आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक पक्राउ परेका छन् । चन्द्रनिगाहपुरस्थित एक होटलबाट बिहीबार जिल्ला प्रहरी मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।

बलात्कार आरोपमा प्रहरी असई पक्राउ

काठमाडौं दक्षिणकालीका २० वर्षीया युवती बलात्कार गरेको साहमाथि आरोप छ ।


हेटौंडाबाट उनीहरु मोटरसाइकलमा यहाँ आई एक होटलमा बसेका थिए । प्रसनी साह आफूलाई षड्यन्त्रपूर्वक फसाएको दाबी गर्छन् । होटलमा बहिनीमाथि जबरजस्ती गरेको भन्दै दिदीले ईलाका प्रहरी चन्द्रनिगाहपुरमा जाहेरी दिएपछि साह फक्राउ परेका हुन् । पीडित यूवतीले आफूलाई भेट्न बोलाएर जबरजस्ती गरेको आरोप लगाइन् ।


पक्राउ परेका प्रसनी साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाकाका डीएसपी कवित कटुवालले बताए ।


प्रकाशित : श्रावण ३, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?